सोन नदीमा डुबेका तीनै युवकको शव भेटियो
सोन नदीमा डुबेका तीनै युवकको शव भेटियो


पलामु, 27 अक्टोबर (हि.स.)। पलामुको हुसैनाबाद थाना क्षेत्रको पोखराही गाउँ छेवैमा अवस्थित सोन नदीमा डुबेका तीन जना युवकहरूको शव भेटाइएको छ। दुई जना युवकहरू क्रमैले अंकुश पासवान (22 वर्ष) निवासी शेरघाटी, बिहार र आदर्श चन्द्रवंशी (22 वर्ष) निवासी इटवा, नवीनगर, बिहारको शवलाई गए आइतवार अबेर साँझ बरवाडीह गाउँ नजिकै भेटियो भने तेस्रो युवक रजनीश चन्द्रवंशी (23) निवासी पोखराहीको शवलाई खोज्ने क्रममा सोमवार बिहान दंगवारको डुमरहथा गाउँमा भेटियो।

सीओ पंकज कुमारले जानकारी गराउँदै भने, तेस्रो युवकको शव पनि भेटिएको छ।शवलाई पोस्टमर्टम गर्नको निम्ति एम्बुलेन्स मार्फत अनुमण्डली अस्पताल हुसैनाबादमा पठाइएको छ। उनले बताए, व्यापक खोजी अभियान पश्चात शवलाई पानीमा पौड़िरेको अवस्थामा भेटियो।

जानकारी अनुसार बितेको आइतवार खरनाको अवसरमा तीनै युवक अन्य युवकहरूसित सोन नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा तीनै जना गहिरो पानीमा गए जहाँ उनीहरू डुबे। स्थानीय गोताखोर र प्रशासनको टमले अबेर रातिसम्म यिनीहरूलाई खोज्यो। दुई वटा शवलाई घटना घटेको केही घण्टापछि भेटिएको थियो भने तेस्रो सोमवार बिहान मात्र भेटियो।

घटनाको जानकारी पाउनसाथ हुसैनाबादका एसडीपीओ एस. मोहम्मद याक़ूब र अञ्चल अधिकारी पंकज कुमार, दंगवार ओपी प्रभारी सोनू गुप्ताले घटनास्थलमा पुगेर मामिलाको जायजा लिएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande