
गान्तोक, 27 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले छठ पूजाको शुभ अवसरमा सिक्किमका जनता र छठ पर्व मनाउने सबैमा आशिषमय र आनन्दमय छठ पूजाको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, 'सूर्य देवको शक्ति, गरिमा र अनुग्रहको सम्मान गरौं, जसले हामीलाई हाम्रो जीवनको यात्राको हरेक पाइलामा चम्किन र फस्टाउन प्रेरित गर्दछ।'
मुख्यमन्त्रीले सूर्य देवको आशीर्वादले सबैको जीवनमा आनन्द, समृद्धि र सद्भाव ल्याओस् भनी प्रार्थना गरेका छन्। यो पर्वले हाम्रो बन्धनलाई अझ प्रगाढ बनाओस् र उज्ज्वल भविष्यतर्फ हाम्रो मार्ग प्रशस्त गरोस् भनी कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल