सालबारीमा शब्द समयको 147औँ प्रकरण सम्पन्न
सालबारीमा शब्द समयको 147औँ प्रकरण सम्पन्न


सालबारी, 27 अक्टोबर (हि.स.)। शब्द समयको 147औँ प्रकरण आज जयशोदा भवन, सालबारीमा सम्पन्न भयो। वरिष्ठ कवि मोहन ठकुरीको वक्तव्यद्वारा शुरू गरिएको कार्यक्रममा मिलन रुचालले पनि सङ्क्षिप्त वक्तव्य राखेका थिए।

रचना पाठको क्रममा निर्मल सिञ्चुरी, भाष्कर मैनाली शर्मा, डा. पद्माश्री लक्ष्मी देवान, मिलन रुचाल, महेशकुमार सुब्बाले कविता पाठ गरेर सुनाए भने लीलबहादुर सोनारले केही हाइकु र छेस्का कविता अनि नीरा सुब्बा नेचालीले हाइकु पाठ गरेर सुनाए। कविता भट्टराई अधिकारीले केही टुक्का कविता सुनाइन्।

यसै क्रममा नरबहादुर छेत्रीले एउटा कविता पाठ गर्नका साथै मुनामदनका केही मार्मिक पङ्क्ति गाएर सुनाए। लभकुमार भुजेलले कविता पाठ गर्नासाथै एउटा देशभक्ति गीत पनि सुनाए। मणिकुमार प्रधानले एउटा संस्मरण पढेर सुनाए भने सुभाष छेत्री र जीत सुनारले लघुकथा सुनाए। पूर्ण मंगरले ‘मनका कुराहरू’ शीर्षकान्तर्गत आफ्नो रचना सुनाए।

कार्यक्रममा वरिष्ठ राजनीतिक चिन्तक डीएस बमजनको पनि उपस्थिति रहेको थियो। अन्त्यमा कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो समापन वक्तव्य राखेर धन्यवाद ज्ञापन गर्दै सभा समाप्तिको घोषणा गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande