सांसद राजु विष्टद्वारा नवनियुक्त इन्टरलोक्युटर पंकजकुमार सिंहसित भेट
सांसद राजु विष्टद्वारा नवनियुक्त इन्टरलोक्युटर पंकजकुमार सिंहसित भेट


दार्जिलिङ, 27 अक्टोबर (हि.स.)। दार्जिलिङका सांसद राजु विष्टले आज नयाँ दिल्लीमा दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रसँग सम्बन्धित चीर-प्रतिक्षित मुद्दाहरूको समाधानका लागि वार्तालाई अगाड़ि बढ़ाउन इन्टरलोक्युटर अनि भारत सरकारको प्रतिनिधिका रूपमा नियुक्त पूर्व राष्ट्रिय सुरक्षा उप सल्लाहकार एवम् वरिष्ठ आईपीएस अधिकारी (सेवानिवृत्त) पंकजकुमार सिंहसित भेट गरेका छन्।

इन्टरलोक्युटरको नियुक्ति एक प्रक्रियात्मक पाइलो मात्र नभएर यो समावेशी प्रशासन अनि राष्ट्रिय एकताप्रति केन्द्र सरकारको वचनबद्धताको पुनर्पुष्टि पनि रहेको सांसद राजु विष्टले बताए। उक्त भेटपछि सांसद राजु विष्टले भने, हामी आशावादी छौँ कि सबै स्टेकहोल्डरहरूले यस वार्तालाई पूर्ण सहयोगका साथ अगाड़ि बढ़ाउनेछन्। हाम्रो क्षेत्र अनि जनताको स्वाभिमान एवम् प्रगति सुनिश्चित गर्ने दिशामा एकजुट भएर बढ़्नुपर्ने यही समय हो।

उनले अघि भने, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले यस महत्त्वपूर्ण प्रक्रियालाई अगाड़ि बढ़ाउन भारत सरकारको प्रतिनिधि नियुक्त गरेकोमा उहाँहरूप्रति हाम्रो क्षेत्रका जनताको तर्फबाट निष्ठापूर्ण कृतज्ञता व्यक्त गर्दछु।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande