
हुगली, 27 अक्टोबर (हि.स.)। गत वर्ष झैं यस वर्ष पनि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले रिषड़ा छठ पूजाको भर्चुअल उद्घाटन गरिन्। रिषड़ा प्रेम घाटमा आयोजित मुख्य समारोहमा मुख्यमन्त्रीले भर्चुअल उद्घाटन गरिन्।
यस कार्यक्रमको आयोजन रिषड़ा नगरपालिकाका चेयरम्यान विजय सागर मिश्राको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा श्रीरामपुर विधानसभाका विधायक डा. सुदीप्त राय, भाइस चेयरम्यान जाहिद हसन खान, रिषड़ा शहर तृणमूल कंग्रेस अध्यक्ष हर्ष ब्यनर्जी, एसीपी शुभंकर विश्वास, सीआई प्रबीर दत्ता, रिषड़ा थाना प्रभारी सञ्जय सरकार, पार्षद सुख सागर मिश्रा, मनोज साव, पार्थ सारथी गुप्ता समेत केही गणमान्य व्यक्तिहरू उपस्थित थिए।
उद्घाटन कार्यक्रम पश्चात चेयरम्यान विजय सागर मिश्राले सबै 12 वटा घाटहरूको स्टीमर मार्फत निरीक्षण गरे अनि सुरक्षा व्यवस्थाको जायजा लिए।उनले श्रद्धालुहरूलाई जागरूकता सन्देश पनि दिए।
पुलिस प्रशासनको पक्षबाट सड़क, रेल औ जलमार्ग, तीनै स्तरमा कड़ा सुरक्षा व्यवस्था गरिएको छ। श्रद्धालुहरू पूर्ण भक्तिभावको साथमा छठ महापर्वमा सामेल भए।
उल्लेखनीय छ, रिषड़ालाई “मिनी भारत”-को नामले चिनिन्छ, किनभने यहाँ हिन्दी भाषी समुदायको ठूलो जनसंख्या छ। बिहारको परम्परा अनुरूप यहाँको गंगा घाटमा छठ पूजा आयोजना हुन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा