
गुवाहाटी, 27 अक्टोबर (हि.स.)। कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेका पुत्र तथा कर्नाटकका मन्त्री प्रियंक खड़गेद्वारा असमका मानिसहरूलाई उद्योग स्थापित गर्नमेा अयोग्य औ प्रतिभाहीन भनिएको बयानलाई लिएर असममा तीव्र प्रतिक्रिया देख्न पाइएको छ। भाजपाले यसलाई असमवासीहरूको आत्मसम्मानमाथि सोझो प्रहार बताएको छ।
भाजपाका प्रवक्ता जयन्त कुमार गोस्वामीले सोमवार पार्टीको प्रदेश मुख्यालय अटल बिहारी वाजपेयी भवनमा आयोजित सम्वाददाता सम्मेलनमा असम प्रदेश कंग्रेस अध्यक्ष गौरव गोगोईलाई खुल्ला चुनौती दिए। उनले भने, “यदि गौरव गोगोईसित हिम्मत छ भने उनले कंग्रेसका मन्त्री प्रियंक खड़गेको असम विरोधी बयानको सार्वजनिक निन्दा गरून् अनि उनीविरूद्ध प्रस्ताव पारित गरून्।”
गोस्वामीले भने, कंग्रेस पार्टीले ऐतिहासिक रूपमा असम र पूर्वोत्तर क्षेत्रसित सदैव अपमान र भेदभावपूर्ण व्यवहार गर्दै आएको छ। उनले भने, 1962 सालमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले चीन सामु आत्मसर्पण गरे अनि असम र पूर्वोत्तरलाई चीनकहाँ सुम्पिदिने जस्तो कदम उठाएका थिए।
1971 सालमा इन्दिरा गान्धीद्वारा पाकिस्तानलाई भत्काएर बंगलादेश बनाउने निर्णयले असममा लगभग 40 लाख अवैध बंगलादेशी अनुप्रवेशकारीहरूको बाटो खोलिदियो।
उनले भने, राजीव गान्धीले असम सम्झौताको माध्यमबाट 1971 सालको नागरिकताको कट अफ तिथि तय गरेर 1951 सालको सट्टा ठूलो संख्यामा अवैध प्रवासीहरूलाई नागरिकताको अधिकार दिए। हालैमा राहुल गान्धीले ‘भारत जोड़ो यात्रा’ अवधि भारतको जुन मानचित्र प्रदर्शन गरे त्समा असम र पूर्वोत्तरलाई नै मेटाइएको थियो।
भाजपा प्रवक्ताले भने, कंग्रेसका यस्तै आतिहासिक भुलहरूले आज असम आर्थिक रूपमा पछाड़िएको छ र राज्यमा अवैध प्रवासीहरूको निरन्तर अनुप्रवेशले सामाजिक असन्तुलन गहिरिँदै गइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा