
हिन्दी साहित्य जगतका ख्यातिप्राप्त व्यङ्ग्यकार श्रीलाल शुक्लको निधन सन् २०११ मा भयो। उनी आफ्नो तीक्ष्ण व्यङ्ग्य र सामाजिक यथार्थमा आधारित लेखनका लागि परिचित थिए। उनको प्रसिद्ध कृति ‘राग दरबारी’ ले उनलाई घर–घरमा चर्चित बनायो र हिन्दी साहित्यमा व्यङ्ग्य विधालाई नयाँ पहिचान दिलायो। यस उपन्यासमा उनले स्वतन्त्र भारतको ग्रामीण जीवन, नौकरशाही र सामाजिक व्यवस्थामा प्रहार गरेका छन्।
श्रीलाल शुक्लले आफ्नो लेखनमार्फत राजनीति, नौकरशाही र ग्रामीण भारतका सच्चाइहरूलाई हास्य र व्यङ्ग्यका माध्यमबाट उजागर गरे। उनका अन्य प्रमुख कृतिहरूमा सीमाएं टूटती हैं, मकान, र पहला पड़ाव सामेल छन्।
साहित्य क्षेत्रमा उनको योगदानको कदरस्वरूप उनलाई साहित्य अकादमी पुरस्कार, भारतीय ज्ञानपीठ पुरस्कार, र पद्म भूषण जस्ता सम्मानहरू प्राप्त भएका थिए। श्रीलाल शुक्लको निधन हिन्दी साहित्यका लागि एक अपूरणीय क्षति मानिन्छ।
उनलाई उत्कृष्ट योगदानका लागि साहित्य अकादमी पुरस्कार (१९६९), भारतीय ज्ञानपीठ पुरस्कार (२००९) र पद्म भूषण (२००८) जस्ता सम्मानहरू प्रदान गरिएका थिए। उनका रचनाहरूले समाजका विसंगतिहरू, राजनीतिक पाखण्ड र मानवीय कमजोरीहरूलाई उजागर गर्छन्। आज पनि उनका रचनाहरू सामाजिक यथार्थको ऐना मानिन्छन्। श्रीलाल शुक्लले आफ्नो लेखनद्वारा यो प्रमाणित गर्नुभयो कि व्यङ्ग्य केवल हँसाउने माध्यम होइन, सोच्न र आत्ममूल्यांकन गर्न प्रेरित गर्ने साधन हो।
महत्वपूर्ण घटनाक्रम
१८८६ – अमेरिकाका तत्कालीन राष्ट्रपति ग्रोभर क्लिभल्यान्डले फ्रान्सबाट उपहारस्वरूप प्राप्त ‘स्ट्याच्यु अफ लिबर्टी’को औपचारिक अनावरण गरे।
१८९१ – जापानमा आएको भूकम्पबाट ७३०० जनाको मृत्यु।
१९१८ – अस्ट्रिया र हंगेरी छुटिएपछि चेकोस्लोभाकिया स्वतन्त्र भयो।
१९५४ – अर्नेस्ट हेमिङ्वेले साहित्यको नोबेल पुरस्कार प्राप्त गरे।
१९५५ – इजिप्ट र साउदी अरबले रक्षा सन्धि गरे।
१९९८ – इन्टरपोलको ६७औं महासभा आधुनिक अपराध र आतंकवादविरुद्ध नयाँ रणनीतिसहित सम्पन्न भयो।
२००१ – जर्मनीका चान्सलर गेर्हार्ड श्रोडर भारत भ्रमणमा आए। सोही वर्ष जापानका प्रधानमन्त्री जुनीशिरो कोइजुमीका विशेष दूत योसितो मोरी पनि भारत भ्रमणमा आए।
२००४ – बेइजिङमा ४००० वर्ष पुराना मकबराहरूको खोज। इरानसँग युरोपेली संघको परमाणु वार्ता असफल।
२००९ – पाकिस्तानको पेशावरमा बम विस्फोटबाट ११७ जनाको मृत्यु र २१३ घाइते।
२०१२ – सिरियामा युद्धविराम उल्लंघन, १२८ जनाको मृत्यु।
२०१२ – जर्मनीका सेबास्टियन भेटेलले सन् २०१२ को फर्मुला वन इन्डियन ग्रान्ड प्री उपाधि जिते।
जन्म
१८८३ – मौरिस गार्नियर हेल्लेट – भारत सरकारका गृह सचिव।
१९५५ – बिल गेट्स – माइक्रोसफ्टका संस्थापक (वासिङ्टन, अमेरिका)।
१९५८ – अशोक चव्हाण – भारतीय राष्ट्रिय काङ्ग्रेसका राजनीतिज्ञ।
१९६३ – उर्जित पटेल – भारतीय रिजर्भ बैंकका २४औं गभर्नर।
१९३० – अञ्जान – हिन्दी फिल्मका प्रसिद्ध गीतकार र शायर।
१८७१ – अतुल प्रसाद सेन – विधिवेत्ता, शिक्षाप्रेमी, रचनाकार तथा बङ्गाली कवि–सङ्गीतकार।
१८६७ – सिस्टर निवेदिता – स्वामी विवेकानन्दकी सहयोगी, शिक्षिका र समाजसेवी।
निधन
२०२१ – माधवन कृष्णन नायर – ख्यातिप्राप्त क्यान्सर विशेषज्ञ र क्षेत्रीय क्यान्सर केन्द्रका संस्थापक निर्देशक।
२०१६ – शशिकला काकोदकर – गोवाकी पूर्व मुख्यमन्त्री।
२०१३ – राजेन्द्र यादव – प्रसिद्ध उपन्यासकार।
२०११ – श्रीलाल शुक्ल – विख्यात व्यङ्ग्य लेखक।
१९०० – म्याक्स मूलर – जर्मन संस्कृतविद्, प्राच्य विद्या विशेषज्ञ, लेखक तथा भाषाविद्।
हिन्दुस्थान समाचार / भवानी थामी