चक्रवात ‘मान्था’ : ओडिशा सरकारले 8 वटा जिल्लामा आँगनबाड़ी केन्द्रहरूलाई बन्द गर्ने निर्देश दियो
चक्रवात ‘मान्था’ : ओडिशा सरकारले 8 वटा जिल्लामा आँगनबाड़ी केन्द्रहरूलाई बन्द गर्ने निर्देश दियो


भुवनेश्वर, 27 अक्टोबर (हि.स.)। चक्रवात ‘मान्था’-को कारणले सुरक्षालाई मध्यनजर गर्दै ओडिशा सरकारले सतर्कता स्वरूप राज्यका आठ वटा जिल्लाहरूमा रेड अलर्ट जारी गर्दै सबै आँगनबाड़ी केन्द्रहरूलाई अस्थायी रूपमा बन्द गर्ने आदेश जारी गरेको छ।

महिला एवं बाल विकास विभागकी अतिरिक्त सचिव नीलू महापात्रद्वारा जारी एडभाइजरी अनुसार यो निर्णय भारत मौसम विज्ञान विभागको पूर्वानुमानको आधारमा लिइएको हो जसमा 27-देखि आगामी 30 अक्टोबरबीच राज्यका केही भागहरूमा अति घना वर्षा र तीव्र हावा चल्ने चेताउनी दिइएको छ।

रेड अलर्टभित्र परेका जिल्लाहरूमा क्रमैले गंजाम, गजपति, रायगड़ा, कोरापुट, मलकानगिरी, कंधमाल, कालाहांडी औ नबरंगपुरमा 28 र 29 अक्टोबरको दिन आँगनबाड़ी केन्द्रहरू बन्द रहनेछन्। स्थानीय मौसमको स्थितिलाई हेरेर जिल्ला प्रशासनले चाहे 27 र 30 अक्टोबरमा पनि केन्द्रहरूलाई बन्द राख्न सक्ने निर्णय लिनसक्छ। यसरी नै अरेञ्ज अलर्टभित्र परेका जिल्लाहरू क्रमैले खुर्दा, पुरी, नयागढ़, जगतसिंहपुर, केन्द्रापड़ा तथा भद्रकमा केन्द्रहरूलाई अस्थायी रूपमा बन्द राख्ने निर्णय स्थानी प्रशासनद्वारा वर्षा अनि हावाको तीव्रताको आधारमा लिइनेछ।

सरकारले अधिकारीहरूलाई सबै आवश्यक सतर्कता अप्नाउने निर्देश दिएको छ जसमा गर्भवती महिला र अन्य संवेदनशील मानिसहरूलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्नु आदि सामेल छ। साथै नागरिकहरूसित अपील गरिएको छ, घरमै सुरक्षित बसुन्, सरकारी अपडेट्समाथि नजर राखियोस् तथा चक्रवात अवधि प्रशासनका निर्देशहरूलाई पालन गरियोस्।

परामर्शमा यो पनि स्पष्ट पारिेको छ, कुनै पनि अप्रिय घटनालाई रोक्नको लागि सुरक्षा निर्देशहरूलाई कड़ाईपूर्वक पालन गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande