विदेशमा नोकरी दिलाउने नाममा दर्जनौं मानिससित ठगी
विदेशमा नोकरी दिलाउने नाममा दर्जनौं मानिससित ठगी


गौतमबुद्ध नगर, 27 अक्टोबर (हि.स.)। थाना सेक्टर 20 मा एक व्यक्तिले दुई जनालाई नामित गर्दै रिपोर्ट दर्ता गराएको छ कि नोकरीको निम्ति विदेश पठाउने नाममा आरोपीहरूले उनी तथा अन्य मानिसहरूसित लाखौंको ठगी गरे। घटनाको रिपोर्ट दर्ता गरी पुलिस मामिलाको जाँचमा जुटेको छ।

थाना सेक्टर 20 का प्रभारी निरीक्षक डीपी शुक्लले बताए, उमेश कुमार शाह पुत्र छबीला शाहले आज थानामा रिपोर्ट दर्ता गराएका छन् कि उनलाई विदेशमा नोकरी गर्नु जानुथियो। उनी आईटीआईबाट इलेक्ट्रीशियन हुन्। पीड़ित अनुसार, उनले आफ्नो मामा रामबाबूबाट यस विषयमा कुरा गर्दा उनले धनंजय माझी जो फरीदाबादमा बस्छ, उसित कुरा गर्नु भने। मामाले आफूले पनि उसित विदेश जानका लागि कुरा गरेको बताए। पीड़ित अनुसार, उनी धनंजय माझीको फरीदाबाद स्थित अफिस गए। धनंजय माझीले उनलाई भन्यो कि रूसमा नोकरी लगाउनका लागि 80 हजार रूपियाँ लाग्नेछ। पीड़ितले तीन पल्टमा आफ्नो विभिन्न ब्याङ्क अकाउन्टबाट 80 हजार रूपियाँ दिए। जब धनंजयले उनलाई विदेश पठाएन तब उनले धनंजयसित कुरा गरे। धनंजयले भन्यो, सेक्टर 18 मा मेरो एउटा अर्को अफिस छ। त्यहाँ रीना ठाकुर भेट्नेछिन्। पीड़ित त्यहाँ जाँदा रीनाले 5 हजार रूपियाँ पासपोर्टको निम्ति मागिन्। पीड़ितले रीनालाई 02 सेप्टेम्बर 2025 मा 5 हजार रूपियाँ दिए। पीड़ित अनुसार, जब उनी आफ्नो मामाको साथ धनंजय कहाँ पुगे तब उनको पासपोर्ट फर्काइयो र उनको कामको निम्ति एक व्यक्तिलाई 2 लाख रूपियाँ दिइएको छ र उनलाई छिट्टै नै विदेश पठाइने भनियो।

पीड़ित अनुसार, जब उनी 13 सेप्टेम्बरमा सेक्टर 18 स्थित अफिस गए तब अफिस बन्द भेटाइयो। उनले आफू, उनको मामा तथा दर्जनौं मानिसहरूसित आरोपी धनंजय माझी र रीना ठाकुरले विदेश पठाउने नाममा लाखौं रूपियाँ ठगेका बताएका छन्। घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande