दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष र सिक्किम भाजपा युवा अध्यक्षमा‌झ शिष्टाचार भेट
दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष र सिक्किम भाजपा युवा अध्यक्षमा‌झ शिष्टाचार


दार्जिलिङ, 28 अक्टोबर (हि.स.)। दार्जिलिङ भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामा र सिक्किम भाजपा युवा मोर्चाका अध्यक्ष ललित पोख्रेल शर्माबीच मंगलवार गान्तोकमा शिष्टाचार भेट भयो। उक्त भेटघाट आपसी शुभकामना र हालैका नियुक्तिहरू तथा साझा संगठनात्मक जिम्मेवारीहरूबारे कुराकानी भएको जानकारी प्राप्त भएको छ।

दुवै नेताहरूबीच पार्टीको संगठनात्मक संरचना सुदृढ गर्ने र सिक्किम तथा दार्जिलिङबीचको समन्वय सम्बन्ध अझ प्रभावकारी बनाउने विषयमा रचनात्मक छलफल भएको बताइएको छ। उनीहरूले भविष्यमा विकास आवश्यकताहरू, युवाशक्तिको सशक्तिकरण, क्षेत्रीय एकता र दुवै क्षेत्रको समुन्नतिको साझा दृष्टिकोणबारे पनि विचार–विमर्श गरेको बताइएको छ।

भेटघाटको क्रममा दुई नेताले प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भारतीय जनता पार्टीले देश अनि क्षेत्रको प्रगतिप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande