
नयाँ दिल्ली, 28 अक्टोबर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले जलवायु परिवर्तनले पूरा विश्वलाई प्रभावित गरिरहेको बताएकी छन्। यस खतराको सामना गर्न तत्काल र ठोस कदम उठाइने आवश्यकता छ। भारत जलवायु परिवर्तनको सामना गर्न दृढ़ संकल्पित छ, उनले भनिन्।
राष्ट्रपति मुर्मूले आज नयाँ दिल्लीमा अन्तरराष्ट्रिय सौर गठबन्धन सभा (आईएसए) को आठौं सत्रको उद्घाटन गरिन्। यस अवसरमा राष्ट्रपतिले भनिन्, आईएसए समावेशिता, सम्मान र सामूहिक समृद्धिको स्रोतको रूपमा सौर ऊर्जाको दोहन गर्ने मानवताको साझा आकांक्षाको प्रतीक हो। उनले आईएसए र उर्जालाई अपनाउने र उपयोगलाई प्रोत्साहित गरी यस वैश्विक चुनौतीको सामना गर्ने दिशामा एक महत्वपूर्ण कदम रहेको भनी जोड दिइन्।
राष्ट्रपतिले भनिन्, समावेशिताको विचार भारतको विकास यात्रालाई परिभाषित गर्दछ। सुदूर क्षेत्रहरूमा घरहरूलाई उज्यालो पार्ने हाम्रो अनुभवले हाम्रो यस विश्वासको पुष्टि गर्दछ कि ऊर्जा समानता सामाजिक समानताको आधार हो।
सस्तो र स्वच्छ ऊर्जासम्म पहुँच समुदायहरूलाई सशक्त बनाउँदछ, स्थानीय अर्थव्यवस्थालाई गति दिँदछ र यस्तो अवसर खोल्दछ, जुन बिजुली आपूर्तिदेखि धेरै अगाड़ीसम्म फैलेको छ।
राष्ट्रपतिले सबै सदस्य देशहरूसित बुनियादी ढाँचादेखि अगाड़ी बढ़ेर मानिसहरूको जीवनमाथि ध्यान केन्द्रित गर्ने आग्रह गरिन्। उनले भनिन्, सौर उर्जा केवल बिजुली उत्पादनसम्म नै सीमित छैन तर सशक्तिकरण र समावेश विकाससित पनि जोड़िएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी