
नयाँ दिल्ली, 28 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार (29 अक्टोबर) मा मुम्बईको दौड़ाह गर्नेछन्। प्रधानमन्त्रीले साँझ लगभग 4 बजी नेस्को एग्जिबिशन सेन्टरमा इण्डिया मैरीटाइम वीक 2025 (आईएमडब्ल्यू-2025) मा मैरीटाइम लीडर्स कन्क्लेवलाई सम्बोधित गर्नेछन् औं ग्लोबल मैरीटाइम सीईओ फोरमको अध्यक्षता गर्नेछन्।
प्रधानमन्त्री कार्यालय अनुसार, आईएमडब्ल्यू-2025 को विषय महासागरहरूको एकीकरण, एक समुद्री दृष्टिकोण राखिएको छ। यसको 27 देखि 31 अक्टोबर 2025 सम्म आयोजन गरिँदैछ। यसमा भारतको वैश्विक समुद्री केन्द्र र नीलो अर्थव्यवस्थामा अग्रणी बन्ने रणनीतिक रोडम्यापलाई प्रदर्शित गरिनेछ। आईएमडब्ल्यू 2025 मा 85 भन्दा अधिक देशले भाग लिनेछन्, जसमा 1,00,000 भन्दा अधिक प्रतिनिधि, 500 भन्दा अधिक प्रदर्शक र 350 भन्दा अधिक अन्तरराष्ट्रिय वक्ता सामेल हुनेछन्। इण्डिया मैरीटाइम वीक 2025 को प्रमुख कार्यक्रम, ग्लोबल मैरीटाइम सीईओ फोरम, वैश्विक समुद्री कम्पनीहरूका सीईओ, प्रमुख निवेशकहरू, नीति-निर्माताहरू, नवप्रवर्तकहरू र अन्तरराष्ट्रिय भागीदारहरूलाई वैश्विक समुद्री पारिस्थितिकी तन्त्रको भविष्यमाथि विचार-विमर्श गर्नका लागि एकसाथ ल्याउनेछ। यो फोरमले सतत समुद्री विकास, लचिलो आपूर्ति शृंखलाहरू, हरित नौवहन र समावेशी नीलो अर्थव्यवस्था रणनीतिहरूमाथि संवादको निम्ति एक प्रमुख मंचको रूपमा कार्य गर्नेछ।
प्रधानमन्त्रीको भागीदारीले समुद्री अमृत काल विजन 2047 अनुरूप एक महत्वाकांक्षी, भविष्योन्मुखी समुद्री परिवर्तनप्रति उनको गहिरो प्रतिबद्धताको झलक पाइँछ। चार रणनीतिक स्तम्भहरू- बन्दरगाह-आधारित विकास, नौवहन र जहाज निर्माण, निर्बाध लोजिस्टिक र समुद्री कौशल निर्माणमाथि आधारित यस दीर्घकालिक विजनको उद्देश्य भारतलाई विश्वको अग्रणी समुद्री शक्तिहरूमा स्थान दिलाउनु हो।
हिन्दुस्थान समाचार / भवानी थामी