गोपेश्वर, 06 अक्टोबर (हि.स.)। चमोली जिल्लाको थरालीमा नाबालिकसित अश्लील व्यवहार गरेको मामिलामा सेना क्यान्टिनका हवलदारलाई पोक्सो एक्ट अन्तर्गत पक्राउ गरिएको छ।
थाना थरालीमा बाल यौन अपराधसित सम्बन्धित एक मामिला प्रकाशमा आएको छ। यसमा पीड़िताको परिवारले थानामा रिपोर्ट दर्ता गरी आरोप लगाएको छ, उनीहरकी नाबालिक छोरीसित आर्मी क्यान्टिन थरालीमा कार्यरत एकजना हवलदारले गलत नियतले अनुचित आचरण तथा अश्लील कृत्य गऱ्यो।
मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै आरोपीविरूद्ध पोक्सो एक्ट अन्तर्गत मामिलला दर्ता गरियो। त्यसपछि थाना धराली पुलिसले हवलदार रविन्द्र कुमार नाथलाई पक्राउ गरेको छ। आरोपीसित पुलिसले आवश्यक जाँंचबुझ गरिरहेको छ।
पुलिस अधीक्षक चमोली सर्वेश पँवारले बताए, मामिलाको गम्भीरलाई हेरे यसको विवेचना उपनिरीक्षक सुधा बिष्टलाई सुम्पिइएको छ। विेवेचकको पक्षबाट प्रमाण संकलन, गवाहरूको बयान तथा पीड़िताको चिकित्सकी परीक्षण कानूनी प्रक्रिया अनिरूप गराइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा