गुवाहाटी, 06 अक्टोबर (हि.स.)। असमिया पंचांग अनुसार धन, ऐश्वर्य औ वैभवकी अधिष्ठात्री देवी माँ लक्ष्मीको आज पूजा भइरहेको छ। राज्यवासी लक्ष्मी पूजाको तयारीमा जुटेका छन्। हरेक घरमा धनकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा र आराधाना गरिनेछ।
शास्त्र अनुसार लक्ष्मी पूर्णिमाको पावन अवसरमा यदि कुनै भक्तले देवी लक्ष्मीको पूजा गर्छ भने उसको सबै इच्चा पूरा हुन्छ। त्यसैले धनकी अधिष्ठात्री देवी लक्ष्मीको आराधना गर्नको लागि सम्पूर्ण राज्य उल्लासित छ। माँ लक्षमीलाई स्वागत गर्नका लागि सबै तयार छन्। पूजाको सामग्रीहरूले बजार भरिएको छ। राज्यभरिका लक्ष्मी मन्दिरसँगसँगै अन्य देवालयहरूमा पनि माँ लक्ष्मीको पूजा आयोजन भइरहेको छ।
राज्यका अधिकांश लक्ष्मी मन्दिरहरूलाई सजाइएको छ। असार महिनाको पूर्णिमा तिथिलाई हिन्दू धर्मावलम्बीहरूले माता लक्ष्मीको पूजा गर्दछन् अनि माता लक्ष्मीको आशीर्वादबाट वर्षभरि नै घर धन-धान्यले परिपूर्ण रहोस् भनी आशीर्वाद ग्रहण गर्दछन्।
उल्लेखनीय छ, शारदीय दुर्गा पूजाको समापन पश्चात पूर्णिमा तिथिमा धन र ऐश्वर्यकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मी पूजाको अवसरमा राज्यको बजार पूजा सामग्रीहरूले भरिएको छ। समानन्तर रूपमा देवी लक्ष्मीको मूर्ती, लक्ष्मी पांचाली, लक्ष्मीको प्रतीकात्मक चरण युगल, रंग-बिरंगी अल्पना, धानको बाला, कमलको फूल, आँपको डाला, केराको फल आदिले बजार भरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा