इम्फाल, 6 अक्टोबर (हि.स.)। मणिपुर पुलिसले 'वर्ल्ड इज़ योर्स' (डब्ल्यूवाई) ट्याबलेटसितै दुईजना तस्करहरूलाई पक्राउ गरेको छ। दुवै आरोपीसित पुलिसले जाँचबुझ गरिरहेको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा सोमवार दिइएको जानकारी अनुसार इम्फाल पूर्वी जिल्लामा दुई संदिग्ध तस्करहरूलाई पक्राउ गरिएको छ जसको कब्जाबाट 2 किलो डब्ल्यूवाई ट्याबलेट र 38 लाख रुपियाँ नगद जफत गरिएको छ। यो पक्राउ गए आइतवार खोमीदोक सोरोक मापल र कैरांगस्थित आरोपीको घरबाट गरिएको हो। संदिग्धहरूको पहिचान मोहम्मद एथेम थान र राजू खानको रूपमा भएको छ।
वास्तवमा डब्ल्यूवाई ट्याबलेट जसलाई 'याबा' पनि भनिन्छ जसको थाई भाषामा अर्थ हुन्छ 'पागल बनाउने औषधि' हुन्छ। मेथैम्फेटामाइन र कैफीनको मिश्रण हो यो। दक्षिण पूर्व एशियामा व्यापक रूपमा प्रयोग गरिने यस औषधिको कथित रूपमा पहिलो पटक द्वित्तीय विश्व युद्धमा सैनिकहरूलाई अतिसक्रि राख्नको लागि प्रयोग गरिएको थियो।
पुलिसले जफत गरेको प्रतिबन्धित सामग्रीको श्रोत र वितरण नेटवर्कको अग्रिम जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा