-अन्नपूर्णा मन्दिरको शिवपुर अन्नपूर्णा ऋषिकुल ब्रह्मचर्य आश्रमको कार्यक्रममा सामेल भए मुख्यमन्त्री
वाराणसी, 6 अक्टोबर (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सोमवार दुई दिवसीय भ्रमणमा वाराणसी पुगे। मुख्यमन्त्री यहाँ शिवपरस्थित अन्नपूर्णा मन्दिर ट्रष्टको कार्यक्रममा सबैभन्दा पहिला सामेल भए। यस अवसरमा मुख्यमन्त्रीले अन्नपूर्ण मन्दिरको खुलेर प्रंशसा गरे।
उनले भने, मन्दिरले महिलाहरूलाई स्वावम्बी बनाइरहेको छ। अ्न्नपूर्णा मन्दिर परिवारलाई यस माध्यमबाट रोजगार दिरहेको छ। सिली मशिनबाट एउटा परिवारको जीवन त चल्छ। आत्मनिर्भर छोरी-चेली बनाइरहेको छ। माँ अन्नपूर्णाले सबैको पालन पोषण गरिरहेकी छन्।
कार्यक्रममा मुख्यमन्त्रीले आश्रमका 250 जना छात्राहरूलाई सिलाई मशिन वितरण गरे। ट्रष्टको कम्प्यूटर सेन्टरमा प्रशिक्षित तीन ब्याचका 15 जना मेधावीहरूलाई संस्थाको पक्षबाट ल्याटपट वितरण गरियो। यहाँबाट मुख्यमन्त्री चाँदपुर स्थित अन्तरराष्ट्रीय धान अनुसन्धान संस्थान (इरी)- को दक्षिण एशिया क्षेत्रीय केन्द्र (आईसार्क)-मा आयोजित तीन दिवसीय सम्मेलनमा सामेल हुन जानेछन्।
वाराणसी प्रवासको पहिलो दिन नै मुख्यमन्त्री योगी आदित्यनाथले पिपलानी कटरास्थित सरोजा प्यालेसमा आयोजित कार्यक्रममा चारसय सफाई कर्मचारीहरूलाई स्वच्छता किट प्रदान गर्नको साथै उनीहरूलाई सम्मानित पनि गर्नेछन्। मुख्यमन्त्रीले सर्किट हाउसमा विकास कार्य तथा कानून व्यवस्थाहरूको पनी समीक्षा गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा