त्रिपुरा भ्रमणमा तृणमूलको पाँच सदस्यीय प्रतिनिधि मण्डल रवाना
कोलकाता, ८ अक्टोबर (हि.स.)। त्रिपुरास्थित तृणमूल कांग्रेस कार्यालयमा भएको हमलापछि पार्टीभित्र राजनीतिक तापमान बढ्न थालेको छ। बुधबार बिहान तृणमूल कांग्रेसको पाँच सदस्यीय टोली अवस्था बुझ्नका लागि अगरतला रवाना भएको हो। प्रस्थान गर्नु अघि कोलकाता विमानस्थलमा तृणमूल सांसद सायनी घोषले भाजपा शासित राज्यहरूलाई लिएर कडा प्रहार गरिन्।
पत्रकारहरूसँग कुराकानी गर्दै घोषले भनिन्, “खगेन मुर्मूसँग जे भयो, त्यो दुर्भाग्यपूर्ण हो। तर यदि कोही फोटोसुट गर्न जान्छ भने जनताको आक्रोश पनि सहनुपर्ने हुन्छ। तृणमूल कसैबाट डराउँदैन। पश्चिम बङ्गालजस्तो लोकतन्त्र कुनै पनि भाजपा शासित राज्यमा छैन।”
उनले भाजपामाथि आरोप लगाउँदै भनिन्, “जबदेखि भाजपालाई थाहा भयो कि तृणमूलको प्रतिनिधि मण्डल त्रिपुरा जाँदैछ, त्यही बेला धम्कीहरू आउन थाले। यदि भाजपा कार्यकर्ताहरूले प्रतिशोधको भावनाले तृणमूल कार्यालयमा आक्रमण गरेका हुन् भने, हामी परिस्थितिको मूल्याङ्कन गर्नेछौं र आफ्ना कार्यकर्ताहरूलाई सन्देश दिनेछौं कि उनीहरू एक्ला छैनन्।”
सांसद घोषले थपिन्, “तृणमूल लोकतन्त्रको लडाइँ लडिरहेको छ र भाजपा की धम्कीहरूबाट पछि हट्ने छैन। अब अघि के हुन्छ, त्यो सम्पूर्ण देशले हेर्नेछ।”
---------------
हिन्दुस्थान समाचार / भवानी थामी