गान्तोक, 09 अक्टोबर (हि.स.)। भारतीय सेनाको त्रिशक्ति कोरका नवनियुक्त जनरल अफिसर कमाण्डिङ लेफ्टिनेन्ट जनरल मनराज सिंह मान, एसएमले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा ब्ल्याक क्याट डिभिजनका मेजर जनरल एमएस राठौड, एसएम, वीएसएम पनि उपस्थित थिए।
राजभवन अनुसार, यस भेट अवधि बरदाङ, सिङतामस्थित प्रेरणा स्थलमा आगामी राष्ट्रिय ध्वज उद्घाटन समारोहको तयारीहरूलाई लिएर चर्चा भयो। लेफ्टिनेन्ट जनरलले राज्यपाललाई कार्यक्रमको निमन्त्रणा दिए, जसलाई राज्यपालले स्वीकार गरेका छन्।
राज्यपालले 11 अक्टोबरका दिन प्रेरणा स्थलमा 70 फिट अग्लो राष्ट्रिय ध्वजको उद्घाटन गर्नेछन्। यस ध्वजको स्थापना पर्यटन विभाग, फ्ल्याग फाउण्डेशन अफ् इण्डिया र भारतीय सेनाको त्रिशक्ति कोरको सामूहिक प्रयासमा गरिएको हो।
उल्लेखनीय छ, प्रेरणा स्थल ती 22 वीर भारतीय सैनिकहरूको स्मृतिमा राजभवन, सिक्किमद्वारा निर्माण गरिएको हो, जसले 4 अक्टोबर, 2023 मा टिस्टा नदीमा आएको विनाशकारी बाढीमा आफ्नो कर्तव्यहरूको पालनको क्रममा वीरगति प्राप्त गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल