गान्तोक, 09 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष दिशानिर्देशनमा सिक्किम विधानसभा सदस्यहरु पीआरएस लेजिस्लेटिभ रिसर्च, नयाँ दिल्लीद्वारा आयोजना भइरहेको दुई दिवसीय ऊर्जा एवं पर्यावरण सम्बन्धी राष्ट्रिय कार्यशालामा सहभागी बनेका छन्।
9 र 10 अक्टोबरमा भइरहेको यस कार्यशालामा आदित्य गोले तामाङ, मदन सिन्चुरी, सोनाम छिरिङ भेन्चुङ्पा, दिले नामग्याल बरफुङपा, ईरूङ तेन्जिङ लेप्चा, कला राई, पामिन लेप्चा र सुदेश कुमार सुब्बाले भाग लिइरहेका छन्।
कार्यशालाको पहिलो दिन आज ऊर्जा एवं पर्यावरण क्षेत्रहरूको वर्तमान स्थिति, उर्जा वितरणको बुझाइ, वित्तीय दबाउ र उदीयमान समस्याहरू, विद्युत उत्पादन र प्रसारणमा चुनौतीहरू र अघिको मार्ग, आपदा प्रबन्धन र वित्तपोषण, उदीयमान मुद्दाहरू जस्ता विषयहरूमा छलफल भयो। प्रतिनिधि टोलीले भोलि थप तीन कार्यशाला सत्रहरूमा भाग लिने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल