बरेली, 09 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको जिल्ला बरेलीमा पुलिसको संयुक्त टीमबाट एक लाख रूपियाँको इनामी बदमाशसित भिड़न्त भयो। पुलिसको गोलीले घाइते बदमाशको अस्पतालमा उपचार भइऱहेको बेला मृत्यु भयो जबकि उसको एक साथी भाग्नमा सफल रह्यो।
पुलिस अधीक्षक अनुराग आर्यले बताए, पुलिस एनकाउन्टरमा मारिएको बदमाशको पहिचान शैतान उर्फ इफ्तेखार उर्फ सोल्जरको रूपमा गरिएको छ। उ थाना बिथरीमा एक पुजारीको हत्या र डकैटीमा सामेल थियो। आज बरेली क्षेत्रमा उसको लोकेशन पाइयो। पुलिसले बाइक सवार बदमाश र उसको साथीलाई रोक्ने प्रयास गर्दा उसले गोलीबारी शुरू गऱ्यो। पुलिसको तर्फबाट जवाबी कारबाहीमा उ घाइते भयो, जसलाई उपचारको निम्ति अस्पताल लगियो। डाक्टरले उलाई मृत घोषित गऱ्यो।
एसएसपीले बताए, आरोपीमाथि 7 जिल्लामा 19 मुद्दा दर्ता थियो। उदेखि एक पेस्तोल र 17 कारतूस र 28 हजार रूपियाँ समेत अन्य चीजहरू जफत भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी