खड़गपुरमा प्रवासंधरा नव्या कला परिषदद्वारा आन्ध्र प्रदेश दिवस समारोह आयोजित
खड़गपुरमा प्रवासंधरा नव्या कला परिषदद्वारा आन्ध्र प्रदेश दिवस समारोह आयोजित


खड़गपुर, 02 नोभेम्बर (हि. स.)। आन्ध्र प्रदेश राज्य गठन दिवसको अवसरमा प्रवासंधरा नव्या कला परिषद, खड़गपुर (स्थापना वर्ष 1958)-द्वारा एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा मुख्य अतिथिका रूपमा आईआईटी खड़गपुरका प्रोफेसर सत्य नारायण रेड्डी,

वी. प्रभाकर राव (पूर्व डिप्टी सीएमई) तथा एस. उदय कुमार (सेवानिवृत्त अधिकारी) उपस्थित थिए। सबै अतिथिहरूले दीप प्रज्जवलन गरी कार्यक्रमको शुभारम्भ गरे भने आफ्नो सम्बोधनमा उनीहरूले श्री पोत्ती श्रीरामुलुको महान त्याग तथा आन्ध्र संस्कृतिको गौरवशाली परम्परामाथि प्रकाश पारे।

बाल-बालिका एवं युवाहरूले यस अवसरमा सुन्दर नृत्य, गीत, भक्ति प्रस्तुति एवं सांस्कृतिक नाटक प्रस्तुत गरे जसलाई दर्शकहरूले उत्साहपूर्वक सराहना गरे।

खड़गपुरमा आन्ध्र प्रदेश औ तेलुगु समुदायका मानिसहरूको ठूलो संख्या बसोबास गर्दछन् जसको जनसंख्या 50 हजारभन्दा अधिक छ। यहाँ आन्ध्र समाजको सशक्त उपस्थिति रहेको कारणले दक्षिण पूर्व रेलवे जसान्तर्गत दशकौपूर्व ठूलो संख्यामा आन्ध्रप्रदेशका मानिसहरू कार्यरत थिए।

वर्तमानमा यो समाजले शहरको सांस्कृतिक, शैक्षणिक औ सामाजिक गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। खड़गपुरमा आन्ध्र समाजद्वारा संचालित तेलुगु उच्चतर माध्यमिक विद्यालय पनि धेरैवटा छन् जसले नयाँ पिँढ़ीलाई मातृबाषा र संस्कृतिसित जोड़ेर राख्ने काम गरिरहेको छ।

कार्यक्रममा आन्ध्र प्रदेश राज्यका निर्माता पोत्ती श्रीरामुलुलाई श्रद्धाञ्जली अर्पण गरियो। उनले तेलुगु भाषी जनताको लागि पृथक राज्यको मागलाई लिएर 58 दिनसम्म भोक हड़ताल गरेका थिए अनि 15 दिसम्बर, 1951-मा प्राण त्यागेका थिए। उनकै बलिदानको फलस्वरूप 01 नोभेम्बर, 1953-मा आन्ध्र राज्यको स्थापना भएको थियो जसलाई पछि आन्ध्र प्रदेशको रूपमा चिनियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande