
जलपाईगुड़ी, 02 नोभेम्बर (हि. स.)। जिल्लाको राजगञ्ज ब्लकमा विशेष गहन पुनरीक्षण (एसआईआर)-माथि जागरूकता शिविर आयोजना गरियो। यो शिविर बिन्नागुड़ी ग्राम पञ्चायतको सीतागुड़ी बूथकी पञ्चायत सदस्य ममता बानुको पहलमा आइतवार आयोजना गरियो। शिविरमा स्थानीय मानिसहरूलाई फारम भर्ने अनि आवश्यक दस्तावेजहरूको बारेमा विस्तृत रूपमा जानकारी गराइयो।
यसको साथै 2002 सालको मतदाता सूची पनि मानिसहरूलाई सुम्पिइयो। शिविरमा जलपाईगुड़ी जिल्ला तृणमूल कमिटीका सचिव अहिदर रहमान, पञ्चायत सदस्यका पति शफिउल र क्षेत्रका जनप्रतिनिधिहरू उपस्थित थिए।
जलपाईगुड़ी जिल्ला तृणमूल किमिटीका सचिव अहिदर रहमानले भने, यो जागरूकता शिविर क्षेत्रका मानिसहरूाई एसआईआरको बारेमा जानकारी दिनको लागि आयोजना गरिएको हो। क्षेत्रका अधिकांश परिवार दैनिक मजदुर छन्। त्यसैले यो पहल यो सुनिश्चित गर्नको लागि गरिएको हो कि मानिसहरूलाई एसआईआर फारम भर्नमा अनि 2002 सालको मतदाता सूचीमा आफ्नो नाम खोज्नमा कुनै प्रकारको असुविधा नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा