मुख्यमन्त्री अफिसको नक्कली लेटर हेडबाट गरीब रोगीहरूलाई 'निःशुल्क उपचार'-को प्रलोभन देखाउने ठग पक्राउ
मुख्यमन्त्री अफिसको नक्कली लेटर हेडबाट गरीब रोगीहरूलाई 'निःशुल्क उपचार'-को प्रलोभन देखाउने ठग पक्राउ


नयाँ दिल्ली, 2 नोभेम्बर (हि.स.)। दिल्ली पुलिसको सिभिल लाइन्स थाना टीमले मुख्यमन्त्री कार्यालयको नाममा नक्कली पत्र बनाएर गरीब रोगीहरूलाई ठग्ने षड़यन्त्रकारीलाई पक्राउ गरेको छ। आरोपीले एमसीडीमा ठिकामा मालीको पदमा काम गर्थ्यो भने उसले आफूलाई मुख्यमन्त्री कार्यालयको अधिकारी बताएर निजी अस्पतालहरूलाई नक्कली पत्र पठाउँथ्यो।

पुलिस मुताविक पक्रा पर्ने आरोपीको पहिचान हरियाणा निवासी सोनु (27)-को रूपमा भएको छ। टैगोर गार्डनको डबल स्टोरी क्षेत्रमा भाड़ाको घरमा बस्ने आरोपील मुख्यमन्त्री कार्यालयबाट ईडब्ल्यूएस श्रेणीमा निःशुल्क उपचारको पत्र दिलाउन सक्छु भन्दै े रोगीहरूलाई ठग्न् गर्थ्यो। यसको सट्टामा उसले प्रतिरोगी पाँच हजार रुपियाँ लिन्थ्यो।

उत्तरी जिल्लाका पुलिस उपायुक्त राजा बंथियाले आइतवार बताए, मामिला त्यसबेला सामु आयो जतिबेला महाराजा अग्रसेन अस्पतालले मुख्यमन्त्री कार्यालयबाट आएको एक संदिग्ध पत्रको पुष्टि गर्नको लागि मेल गऱ्यो। पत्रमा कतिपय ठाउँमा स्पेलिंग गलत साथ गलत फर्मेट थियो। जाँचमा खुलासा भयो,आरोपी सोनुले मुख्यमन्त्री कार्यालयको असली पत्रको कपी लिएर त्यस्तै लेटर हेडमा जाली पत्र तयार गर्थ्यो। उसले अस्पतालहरूलाई फोन गरेर आफूलाई “बलबीर सिंह राठी, अधिकारी बताउँदै उपचार गर्ने निर्देश दिन्थ्यो।

पुलिस उपायुक्त अनुसार सोनुलाई पुलिसले तकनिकी निगरानी तथा सुराकीहरूको मद्दतले ए ब्लक, डबल स्टोरी, टैगोर गार्डनबाट पक्राउ गऱ्यो। उसको कब्जाबाट दुईवटा सिम सहित एउटा मोबाइल फोन, नक्कली सीएम अफिसको पत्र, एउटा नक्कली एमसीडी आईडी, हरियाणा सरकारको नक्कली आईडी, एउटा असली पत्र (सीएम अफिसबाट जारी) र नक्कली नम्बर प्लेट भएको मोटरसाइकल जफत गरियो।

पुलिसको जाँचबुझमा उसले बतायो, उसलाई केही महिनाअघि एमसीडीको डाकमा सीएम अफिसको एउटा पत्र प्राप्त भएको थियो जसलाई उसले चोरेर त्यसैको सहयोगमा नक्कली लेटर हेड बनाएर ठग्न शुरू गरेको थियो। उसले गुगल ट्रान्सलेटको प्रयोग गरी रोगीहरूको नाम, ठेगाना नक्कली पत्रमा अंकित गर्थ्यो अनि अस्पताल प्रशासनलाई फोन गरेर दबाव दिन्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande