
नयाँ दिल्ली, 2 नोभेम्बर (हि.स.)। दक्षिण पूर्वी जिल्लाको गोविन्दपुरी क्षेत्रमा गए शनिवार अबेर राती सामान्य झगड़ाले हिंसक रूप लियो। झगड़ा भइरहेको समय उपद्रवी अब्दुल कादिर उपनाम लल्लाले राजकुमार नामक युवकमाथि तीनवटा गोली बर्सायो। गोली लागेपछि राजकुमार गम्भीर रूपमा घाइते भयो। एउटा गोली नजिकै बसेको अमन जोशीको हातमा पनि लाग्यो। पुलिसले आरोपीलाई केही घण्टा पनि नबित्दै पक्राउ गरेको छ।
जानकारी मुताविक घटना गए राती लगभग एक बजे सन्त निरंकारी स्कूल, नेहरू क्याम्प, फतेह सिंह रोड छेउमा भएको हो। राजकुमार आफ्ना साथीहरूसित जगरन चौकीको पछाड़ि थियो। आरोपी अब्दुल कादिर पनि त्यहाँं आइपुग्यो। यी दुईमाझ भनाबैरी भयो। आक्रोशित कादिरले पेस्तोल निकालेर गोली चलाउन शुरू गऱ्यो। राजकुमारको खुट्टा, पेट र हातमा गरी तीनवटा गोली लाग्यो। एउटा गोली अमन जोशीको हातलाई छोएर गयो।
दुवै घाइतेलाई पहिला मजीदिया अस्पतालमा लगियो जहाँबाट उनीहरूलाई एम्स ट्रामा सेन्टरमा रेफर गरियो। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको लगभग दुई घण्टाभित्रै आरोपीलाई समात्यो। उसको कब्जाबाट रगतले भिजेको कपड़ा र एउटा खाली कारतूस जफत गरिएको छ।
पुलिसले अझ बतायो, पक्राउ पर्ने अब्दुल कादिर उपनाम लल्ला (40) ट्रान्जिट क्याम्प, गोविन्दपुरीको हो र यहाँ मासुको पसल चलाउँथ्यो। उ थाना गोविन्दपुरीको घोषित उपद्रवी हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा