
बेङ्लुरु, २७ नोभेम्बर (हि.स.)। केन्द्रिय मन्त्री प्रह्लाद जोशीले आज (बिहिबार) आफ्नो ६४औँ जन्मदिन मनाइरहेका छन्। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित केन्द्रिय मन्त्रीहरू, भाजपाका नेताहरू र कार्यकर्ताहरूले उनलाई शुभकामना व्यक्त दिएका छन्।
प्रधानमन्त्री मोदीले शुभकामना पत्रमार्फत जोशीलाई बधाई दिँदै देशको विकासमा जोशीको योगदानको प्रशंसा गरेका छन्।
उनले लेखे, “जनसेवा र राष्ट्रहितप्रति तपाईको प्रतिबद्धता साँच्चै प्रशंसनीय छ।” प्रधानमन्त्रीले जोशीको उत्तम स्वास्थ्य, दीर्घायु र सफल भविष्यको कामना पनि गरेका छन्।
आफ्नो सन्देशमा प्रधानमन्त्री मोदीले भने, “देशको प्रगति र जनकल्याणका लागि तपाईको समर्पणलाई म मनदेखि प्रशंसा गर्छु।” प्रधानमन्त्रीले केन्द्रिय मन्त्रिपरिषद्मा जोशीको भूमिका तथा नवीकरणीय ऊर्जा र खाद्य सुरक्षा क्षेत्रका प्रयासहरूले देशलाई सबल बनाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेका छन्।
गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, पीयूष गोयल, निर्मला सीतारमण, अश्विनी वैष्णव, शिवराज सिंह चौहान, एस. जयशंकर तथा भाजपा अध्यक्ष जे.पी. नड्डा सहितका धेरै वरिष्ठ नेताहरूले सोसियल मिडिया र सन्देशमार्फत शुभकामना दिएका छन्।
यसैगरी, पूर्व मुख्यमन्त्री बी.एस. येदियुरप्पा, सांसद बी.वाई. राघवेन्द्र, प्रदेश भाजपा अध्यक्ष बी.वाई. विजयेंद्र, विपक्षी नेता आर. अशोकसहित अन्य पार्टी नेता तथा ठूलो संख्यामा कार्यकर्ताले पनि जोशीलाई जन्मदिनको बधाई दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी