
नैनीताल, 04 नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले शिक्षा कुनैपनि राष्ट्रको विकासको आधारशिला हुनेगरेको बताएकी छऩ्। यसको उद्देश्य केवल बौद्धिक र कौशल विकास नभएर नैतिक बल र चरित्र निर्माण पनि हुनुपर्छ। उत्तराखण्डको नैनीताल स्थित कुमाऊं विश्वविद्यालयको 20औं दीक्षान्त समारोहमा राष्ट्रपति मुर्मूले भनिन्, शिक्षाले हामीलाई आत्मनिर्भर बनाउँदछ साथै विनम्रता र समाज र देशको विकासमा योगदान दिनु पनि सिकाउँछ। उनले शिक्षालाई वञ्चित वर्गहरूको सेवा र राष्ट्र निर्माणको कार्यमा समर्पित गर्ने आह्वान गरिन्। यही साँचो धर्म हो, जसले उनीहरूलाई सही अर्थमा आनन्द र सन्तोष दिनेछ।
राष्ट्रपतिले भनिन्, भारतको अर्थव्यवस्था विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो ठूलो अर्थव्यवस्थाहरूमध्ये एक हो। सरकारले निरन्तर प्रगतिको निम्ति धेरै नीतिगत पहल गरिरहेको छ, जसबाट युवाहरूका लागि नयाँ अवसर बनिरहेको छ। उच्च शिक्षण संस्थानहरूले युवाहरूलाई यस अवसरहरूको सदुपयोग गर्नका लागि प्रेरित गर्नुपर्छ।
राष्ट्रपतिले भनिन्, हिमालय जीवनदायिनी संसाधनहरूका लागि चिनिन्छ, यसैले यसको संरक्षण र संवर्धन सबैको दायित्व हो। वर्ष 2047 सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य राखिएको छ र यसमा युवाहरूको अहम भूमिका छ।
यस अगाड़ी राष्ट्रपतिले नैनीताल स्थित नैना देवी मन्दिरमा पूजा-अर्चना गरिन् औं कैंचीधाम स्थित श्री नीम करौली बाबा आश्रमको दर्शन गरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी