माथाभागा हिंसाः भाजपा विधायक अग्निमित्रा पल ममता ब्यानर्जीमाथि भड़्किन्
माथाभागा हिंसाः भाजपा विधायक अग्निमित्रा पल ममता ब्यानर्जीमाथि भड़्किन्


कोलकाता, 6 नोभेम्बर (हि.स.)। माथाभांगामा भाजपाको बूथ लेभल एजेन्ट (बी एल ए)-माथि भएको हमलालाई लिएर पश्चिम बंगालको राजनीतिमा फेरि तनाउ बढ़ेको छ। भाजपाले तृणमूल कंग्रेसमाथि गम्भीर आरोप लगाएको छ भने अर्कोतिर भाजपा विधायक अग्निमित्रा पलले मुख्यमन्त्री ममता ब्यनर्जीमाथि सोझै प्रहार गरेकी छन्।

अग्निमित्रा पलले सोशल मीडियामा चर्को बयान दिँदै भनिन्, छि: मुख्यमन्त्री! तपाई बंगालको लज्जा हुनुहुन्छ! देशको लज्जा हुनुहुन्छ!”। उनले आरोप लगाइन्, भाजपा नेताहरूलाई खुल्ला रूपमा धम्की दिँदा समेत मुख्यमन्त्रीले कुनै कारबाही गरिनन्।

विधायकले भनिन्, तृणमूल कंग्रेसका केही नेताहरूले बारम्पार भाजपा कार्यकर्ताहरूलाई “ल्याम्पपोस्टमा बाँध्ने” र “हात काट्ने” जस्ता धम्कीहरू दिरहेका थिए, तर राज्य सरकार मौन थियो। परिणामस्वरूप अब पार्टी समर्थकहरूले खुल्ला रूपमा कानूनको उल्लंघन गरिरहेका छन्।

उनले आरोप लगाइन्, माथाभांगाको 239 नम्बर बूथमा भाजपा बीएलए निवास दासमाथि हमला गरियो, उमाथि कुटपिट गरियो, गाली गरियो र उसलाई जुत्ताको माला लगाएर अपमानित गरियो।

अग्निमित्रा पलले भनिन्, “मुख्यमन्त्री ममता ब्यनर्जीले यदि आफ्नो भतिजो र पार्टी कार्यकर्ताहरूलाई नियन्त्रण गर्न सकिनन् भने बंगलामा यस्ता घटनाहरू बढ़िरहनेछन्। यो राज्यको लोकतन्त्रमाथि दाग हो।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande