
हावड़ा, 06 नोभेम्बर (हि.स.)। जिल्लाको सांकरैल थाना क्षेत्रस्थित प्राचीन उद्योग प्रतिष्ठान डेल्टा जुट मिलमा फेरि एकपटक श्रमिक असन्तोष भड़्किएको छ। लगभग 18 महिनादेखि उत्पादन बन्द रहेको तथा कर्मचारीहरूको भविष्य निधि (पीएफ), ग्रेच्युइटी तथा बाँकी वेतन भुक्तान नगरिएको कारणले सीटुको पक्षबाट बिहीवार श्रमिर विभागमा औपचारिक सिकायत दर्ता गरियो।
सिकायतमा आरोप लगाइएको छ, मिल प्रबन्धनले लामो समयदेखिकै कर्मचारीहरूको वैधानिक बाँकी भुक्तान गरेको छैन। अर्कोतिर राज्य प्रशासनको उदासीनता र मिलको जमीनलाई प्रमोटरहरूको हातमा सुम्पिने षड़यन्त्रको पनि सीटूले कड़ा विरोध गरेको छ।
सीटू नेतृत्वको भनाइ छ, नयाँ श्रम कानून लगू भएपछि पनि राज्य सरकारले श्रमिकहरूको हित रक्षाको लागि ठोस कदम उठाइरहेको छैन। वर्ष 2010 र 2012-मा मिल बन्द भएपछि लगभग चार हजार श्रमिकहरू बेरोजगार भएका थिए। कोभिड-19 महामारीमा नोभेम्बर 2020-देखि फेरि उत्पादन बन्द भएको थियो। पछि दिसम्बर, 2021-मा श्रम मन्त्री बेचाराम मन्नाको मध्यसथ्ताबाट उत्पादन पुनः शुरू भयो, तर वर्तमानमा एकपटक फेरि मिल बन्द अवस्थामा पुगेको छ।
राज्य स्तरीय श्रमिक नेताहरूले आरोप लगाे, जुट उद्योगमा बारम्बार लकआउट तथा ले-अफका घटनाहरू बढ़िरहेको भए पनि प्रशासनले कुनै ठोस कदम उठाइरहेको छैन। साथै बन्द मिलहरूको भूमिलाई निजी प्रमोटरहरूलाई दिने षड़यन्त्र भइरहेको छ।
श्रमिक संगठनले चेताउनी दियो, जबसम्म पीएफ, ग्रेच्युइटी र बाँकी वेतन भुक्तान गरिँदैन तथा उत्पादन पुनः शुरू गरिँदैन तबसम्म आन्दोलन जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा