लोकतन्त्र हाम्रो अधिकार मात्र नभएर दायित्व पनि हो, पहिले मतदान फेरि जलपानः नीतीश कुमार
नीतीश


पटना, 06 नोभेम्बर (हि.स.)। बिहारका मुख्यमन्त्री नीतीश कुमारले आज राज्यमा विधानसभा चुनाउको पहिलो चरणमा आफ्नो भोट गृह जिल्ला नालन्दाको बख्तियारपुर स्थित मंजू सिन्हा प्रोजेक्ट गर्ल्स हायर सेकेन्डरी स्कूलमा हाले। त्यहाँ उनले भने, लोकतन्त्र हाम्रो अधिकार मात्र नभएर दायित्व पनि हो। आज बिहारको पहिलो चरणको मतदान भइऱहेको छ। सबै मतदाताहरूसित आफ्नो मताधिकारको प्रयोग गर्ने आग्रह छ। मतदान गर्नुहोस् र अरूलाई पनि प्रेरित गर्नुहोस्। पहिले मतदान फेरि जलपान।

अर्कोतिर, बिहारका उपमुख्यमन्त्री एवं तारापुरबाट भाजपा उम्मेदवार सम्राट चौधरीले पनि मुंगेरमा आफ्नो भोट हाले। मतदानपछि चौधरीले मतदाताहरूसित भारी संख्यामा मतदान गर्ने औं बिहारको प्रगति सुनिश्चित गर्ने आग्रह गरे। उनले यो पनि विश्वास व्यक्त गरे कि सत्तारूढ़ एनडीए सरकार एक पल्ट फेरि सत्तामा आउनेछ। नीतीश कुमार हाम्रा मुखिया हुन् र अगाड़ी पनि रहनेछऩ्।

बिहार चुनाउको पहिलो चरणको निम्ति मतदान जारी छ। 121 सीटहरूमा बिहान 7 बजी मतदान शुरू भय़ो र बिहान 9 बजीसम्म 13.13% मतदान दर्ता गरिएको छ। सहरसामा अहिलेसम्मको सबैभन्दा अधिक 15.27 प्रतिशत मतदान भयो, त्यसपछि बेगूसराय (14.6) र मुजफ्फरपुर (14.38) को स्थान रह्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande