महिला विरुद्ध साइबर अपराध मुद्दा लिएर एसडीएफ पुग्यो राष्ट्रिय महिला आयोग
komal chamling


गान्तोक, 06 नोभेम्बर (हि.स.)। महिला विरुद्ध साइबर अपराध मुद्दा लिएर सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) राष्ट्रिय महिला आयोग पुगेको छ। एसडीएफ पार्टीको तर्फबाट कोमल चामलिङले आज नयाँ दिल्लीमा आयोगलाई ज्ञापनपत्र बुझाएकी छन्।

एसडीएफद्वारा जारी प्रेस विज्ञप्तिमा एसडीएफले ज्ञापनपत्रमा पार्टीकी प्रवक्ता योजना खालिङ र रीमा चापागाईंलाई लक्षित गरी हालै गरिएका साइबर अपराध र बलात्कारको धम्कीको घटनालाई प्रकाश पारिएको छ र सिक्किम राज्य महिला आयोगबाट निष्पक्ष जॉंचको माग गरिएको बताइएको छ।

एसडीएफले भनेको छ, ज्ञापनपत्रमा आयोगलाई यी लज्जास्पद र आपराधिक कार्यहरूका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध तत्काल र निर्णायक कारबाही गर्न आह्वान गरेको छ, जसले सिक्किममा बढ्दो राजनीतिक धम्की र निर्भयतापूर्वक बोल्ने विपक्षी महिलाहरू विरुद्ध अनलाइन दुर्व्यवहारको संस्कृतिलाई प्रतिबिम्बित गर्दछ। आयोगले यस विषयमा जॉंच गर्ने र कानुनअन्तर्गत उचित कदम चाल्ने आश्वासन दिएको बताइएको छ।

एसडीएफले महिला नेताहरूले सामना गरिरहेको उत्पीडन र धम्कीहरूको कडा शब्दमा निन्दा गर्दै सार्वजनिक जीवनमा उनीहरूको सुरक्षा, सम्मान र सहभागिता सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ। एसडीएफले न्याय, समानता र महिला सशक्तिकरणका मूल्यहरूको रक्षा गर्न पार्टी दृढ़ रहेको बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande