आकाशमा आज राति देखिनेछ उल्कावर्षा
उल्का


भोपाल, 14 दिसम्बर (हि.स.)। खगोल विज्ञानमा रूचि राख्नेहरूका लागि आजको रात अत्यन्तै खास हुन गइरहेको छ। यस अवधि आकाश अद्भुत दृश्यहरूले भरिनेछ। आज राति उल्कापिण्डहरूको एक चम्किलो श्रृंखला फुट्न लागेको छ। तपाईले यस वर्षको सबैभन्दा शानदार उल्का वर्षा देख्न सक्नेछन्। प्रति घण्टा सयभन्दा बढ़ी उल्काहरू देख्न सकिन्छ। यो उल्का वर्षा हेर्नको लागि उत्तम समय लगभग 9 बजीदेखि आइतबार बिहानसम्म हुनेछ।

मध्य प्रदेशकी राष्ट्रिय पुरस्कार विजेता विज्ञान प्रसारक सारिका घारुले यस खगोलीय घटनाबारे व्याख्या गरिन् कि यो उल्का वर्षा मिथुन वा जेमिनाई नक्षत्रको अगाड़ी हुनेछ। उल्का वर्षाको नाम जेमिनीड उल्का वर्षाको नामबाट राखिएको हो, जुन यस नक्षत्रभित्र देखिन्छ। धेरैजसो अन्य उल्का वर्षाहरू भन्दा फरक, जेमिनिड्स उल्का वर्षा कुनै कमेटसित सम्बन्धित नभएर एक एस्टेरोइनट 3200 फेथनसित सम्बन्धित छ। यो क्षुद्रग्रहलाई सूर्यको परिक्रमा गर्न लगभग 1.4 वर्ष लाग्छ।

उनले व्याख्या गरिन् कि जब पृथ्वी दिसम्बरमा यसले छोड़ेको धुलोबाट गुज्रन्छ, हाम्रो वायुमण्डलको माथिल्लो भागसँग सम्पर्कमा आउँदा धुलो र चट्टानहरू जल्छन्। यसैलाई हामी उल्का वर्षाको रूपमा देख्छौं। सारिकाले व्याख्या गरिन्, मानिसहरूले सामान्यतया यी ताराहरूलाई शुटिङ स्टार भन्छन्, जबकि ताराहरू त लाखौं किलोमिटर टाढ़ा छन्, जबकि यो उल्का वर्षा केवल 100 किलोमिटरको दायराभित्र हुन्छ, त्यसैले यिनीहरूलाई शुटिङ स्टार मान्नु सही होइन।

कसरी हेर्ने

शहरको बत्तीबाट टाढ़ा सुरक्षित, अँध्यारो स्थान छनौट गर्नुहोस्। त्यहाँ पुगेपछि, तपाईको आँखालाई अँध्यारोमा समायोजन हुन 20 मिनटको समय दिनुहोस्। उल्का वर्षा पूर्वोत्तर दिशामा राति 9 बजीदेखि देखिनेछ। टेलिस्कोप वा दूरबीन जस्ता कुनै विशेष उपकरण आवश्यक पर्दैन; आकाश सफा र बादलरहित हुनुपर्छ। यसलाई नाङ्गो आँखाले पनि देख्न सकिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande