उलुबाड़ी फ्लाइओभर क्षेत्रबाट हेरोइनसितै युवक पक्राउ
उलुबाड़ी फ्लाइओभर क्षेत्रबाट हेरोइनसितै युवक पक्राउ


गुवाहाटी, 17 दिसम्बर (हि.स.)। राजधानीको उलुबाड़ीस्थित फ्लाइओभर क्षेत्रमा पुलिसले नशालु पदार्थहरूको तस्करी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको पहिचान उत्तर प्रदेश निवासी अखिलेश कुमार वर्माको रूपमा भएको छ।

पुलिस अनुसार आरोपीको कब्जाबाट 99 वटा कन्टेनरहरूमा भरिएको हेरोइन अनि 1 लाख 62 हजार रुपियाँ नगद पनि जफत गरिएको छ।

पुलिसको प्रारम्भिक जाँचमा सामु आएको छ, अखिलेश कुमार वर्माले गुवाहाटीमा भाड़ाको घरमा बसेर नशालु पदार्थहरूको तस्करी गर्दै आइरहेको थियो। पुलिसले शंका व्यक्त गरेको छ, अखिलेश एक संगठित नेटवर्कको अंग हुनसक्छ।

हाल पुलिसले मामिलाको गहन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande