
नोएडा, 20 दिसम्बर (हि.स.)। एक व्यक्तिले नलेज पार्क थानामा आफ्नो पिताले होटेल चलाएको बताउँदै उजुरी दर्ता गरेको छ। व्यक्ति अनुसार, 18 दिसम्बर रातको समय केही मानिसहरू उसको होटलमा आए औं माछा पकाउनु भने। जब उनले मेनुमा माछा छैन भने तब उनीहरूले उनीसित दुर्व्यवहार गरे। उनीहरूले उनको पेटमा पेस्तोल राखे र 10 हजार रूपियाँ फिरौती मागे। पैसा नतिरेमा मार्ने धम्की दिए।
थाना नलेज पार्कका प्रभारी निरीक्षक सर्वेश कुमार सिंहले बताए, शुक्रवार राति शशांक शर्माले थानामा रिपोर्ट दर्ता गराएका छन् कि उनका पिता राजु पण्डितले नलेज पार्क क्षेत्रमा राजु दा ढाबा नामक होटेल चलाउँछन्। 18 दिसम्बर राति उनका पिता कुनै कामको लागि बाहिर गएका थिए। उनी होटेलमा बसिरहेका बेला मोटरसाइकलमा तीन जना मानिस आए र माछा पकाएर ल्याउनु भने।
पीड़ितले मेनुमा माछा नभएको बताउँदा उनीहरूले उनीसित दुर्व्यवहार गर्न थाले। उनले विरोध गर्दा उनीहरूले उनीसित कुटपिट गरे औं उनको पेटमा पेस्तोल तेर्स्याए। आरोपीले उनलाई 10 हजार रूपियाँ दिनु नत्र मार्ने भने। उनले आफ्नो घरधनी मिन्टु भाटी र करण चपरानालाई फोन गरे। जब यिनीहरू घटनास्थलमा पुगे तब आरोपीले उनलाई मार्ने धम्की दिएर गए। एक व्यक्तिले आफ्नो नाम कोशिंदर हरसाना बतायो। थाना प्रभारीले उजुरी दर्ता गरेको र घटनाको अनुसन्धान भइरहेको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी