नागपुरको फ्याक्ट्रीमा बिहारका 6 जना श्रमिकहरूको मृत्युप्रति मुख्यमन्त्रीले व्यक्त गरे संवेदना
नागपुरको फ्याक्ट्रीमा बिहारका 6 जना श्रमिकहरूको मृत्युप्रति मुख्यमन्त्रीले व्यक्त गरे संवेदना


-मृतकहरूका आश्रितहरूलाई मुख्यमन्त्री राहत कोषबाट 02-02 लाख रूपियाँ दिने घोषणा

पटना, 20 दिसम्बर (हि.स.)। मुख्यमन्त्री नीतीश कुमारलाई महाराष्ट्रको नागपुरमा बुटीबोरी अन्तर्गत महाराष्ट्र इण्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेशन (एमआईडीसी) रीजनमा अवस्थित सोलर प्यानल निर्माण गर्ने फ्यक्ट्रीमा पानीको ट्याङ्की पड़्केर बिहारका 6 जना मजदुरहरूको मृत्यु भएको घटनाले मर्माहत बनाएको छ। उनले यस घटनालाई अत्यन्त दुःखदायी बताएका छन्।

मुख्यमन्त्रीले यस घटनामा ज्यान गुमाउने मजदुरहरूका शोक सन्तप्त परिवारहरूलाई दुःखको यस घड़ीमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी ईश्वरसित प्रार्थना गरेका छन्। उनले यस घटनामा बिहारका मृतक मजदुरहरूका परिवारहरूलाई मुख्यमन्त्री राहत कोषबाट 02-02 लाख रूपियाँ अनुग्रह अनुदान दिने घोषणा गरेका छन्। साथै यस घटनामा घाइते बिहारका मजदुहरूको समुचित उपचारको व्यवस्था गर्ने निर्देश पनि अधिकारीहरूलई दिएका छन्। मुख्यमन्त्रीले दुर्घटनामा घाइते भएका मानिसहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

मुख्यमन्त्री नीतीश कुमारले दिल्लीमा बिहारको स्थानिक आयुक्तलाई स्थितिको जायजा लिने एवं घाइतेहरूको समुचित उपचारसँगसँगै हरसम्भव सहायता उपलब्ध गराउने अनि मृत मजदुरहरूको पार्थिव शरीरलाई उनीहरूको पैतृक गाउँमा ल्याउनका लागि सबै उचित व्यवस्था गर्ने निर्देश दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande