अरुणाचल: पासीघाट नगरनिगममा पीपीएको कब्जा
अरुणाचल: पासीघाट नगरनिगममा पीपीएको कब्जा


इटानगर, 20 दिसम्बर (हि.स.)। अरुणाचल प्रदेशको नगरनिगम औ पञ्चायत चुनाउको मतगणना आज बिहान भारी सुरक्षा व्यवस्थाबीच आरम्भ भयो।

प्राप्त सूचना अनुसार पासीघाट नगरपरिषद (पीएमसी)- को 8 वटा सीटमध्ये 5 वटामा पीपुल्स पार्टी अफ अरुणाचल (पीपीए)-ले जीत हासिल गरेको छ भने अन्य दुई वटा सीटमा भारतीय जनता पार्टी (भाजपा) अनि एउटा सीटमा निर्दलीय उम्मेदा्वार विजय भएका छन्। यसपालिको नगरनिगम चुनाउमा राज्यको क्षेत्रीय पार्टी पीपीएफ पासीघाट नगरनिगमलाई कब्जा गर्न सफल भएको छ। पञ्चायत चुनाउको मतगणना भने जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande