
नयाँ दिल्ली, 20 दिसंबर (हि.स.)। दिल्लीका परिवहन मन्त्री डा. पंकज कुमार सिंहले भने, हाम्रो सरकारले आगामी दिनमा एक लाखभन्दा अधिक वाहनहरूको रजिस्टर गरेको छ। उनले भने, प्रदूषण घटाउनको लागि दिल्ली सकारले चाँड़ै नै इलेक्ट्रिक वाहन (ईवी)-माथि नीति ल्याउनेछ।
डा. सिंहले दिल्ली सचिवालयमा शनिवार आयोजित एक प्रेस कन्सफ्रेन्समा भने, इलेक्ट्रिक वाहनहरूले प्रोत्साहन नपाउनुको धेरै वटा कारणहरू छन्। पछिल्लो सरकारले इलेक्ट्रिक वाहनहरूलाई सब्सिडी दिएको थिएन। हाम्रो सरकारले त्यो सब्सिडी दिरहेको छ, तर पछिल्लो सरकारले सब्सिडी दिएको भए प्रदूषण पनि घट्नेथियो। उनले भने, मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा प्रदूषणलाई घटाउनको लागि सबै आवश्यक उपायहरू गरिँदैछ।
सिंहले भने, हामी सत्तामा आउँदा दिल्ली परिवहन विभागमा मात्र 3 सय वटा बसहरू थिए जसको संख्या बढ़ेर आज 3 हजारभन्दा अधिक पुगेको छ। दिल्ली सरकारले बसहरूको संख्यालाई आगामी मार्च, 2026-सम्ममा 5 हजार र नोभेम्बर, 2026-सम्ममा 7 हजार बनाउनेछ। उनले भने, पछिल्लो सरकारले इलेक्ट्रिक वाहनहरूमा सब्सिडी नदिएको कारणले यी वाहनहरूको संख्या बढ़्न सकेको थिएन, त्यसैले आज दिल्लीका मानिसहरूलाई पनि प्रदूषणको सामना गर्न परिरहेको छ।
सिंहले भने, सरकारले पछिल्लो केही दिनभित्रमा एक लाखबाट वाहनहरूको पीयूसी जारी गरेको छ।प्रदूषणलाई नियन्त्रण गर्नको लागि दिल्लीको सम्पूर्ण क्याबिनेटले एकसाथ मिलेर काम गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा