
गुवाहाटी, 22 दिसम्बर (हि.स.)। गुवाहाटीको वशिष्ठ पुलिसले मेघालयको री-भोई जिल्लान्तर्गत खानापाड़ा पुलिसको सहयोगमा अभियान संचालन गरी एकजना कबाड़ीवाल सहित तीजना चोरहरूलाई पक्राउ गरेको छ।
पुलिसले सोमवार बतायो, वशिष्ठ पुलिस थानाको एक टीमले चोरीको एक मामिलामा दुईजना चतुर चोरहरू क्रमैले इमरान हुसैन (25) र इजाजुल हक (19)-लाई पक्राउ गऱ्यो। यी दुई आरोपीहरूले बताए अनुरूप मेघालय पुलिसको सहयोगमा थेम मारवेटस्थित एउटा कबाड़ खानाको खानतलासी गरियो। यस अवधि घटनास्थलबाट 12- भोल्टको 6 वटा ब्याट्री भेटियो जसलाई जफत गरियो।
यस मामिलामा कबाड़ खानाका मालिक ऐनल हक (28)-लाई पनि पक्राउ गरियो। यस सिलसिलामा एक प्राथमिकी दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा