
गुवाहाटी, 22 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार राष्ट्रिय गणित दिवसको अवसरमा देशका महान गणितज्ञ श्रीनिवास रामानुजनलाई श्रद्धापूर्वक स्मरण गरे।
मुख्यमन्त्रीले भने, विश्वविख्यात गणितज्ञ रामानुजनको अतुलनीय योगदानले आज पनि पिँढ़ीहरूलाई प्रेरित गर्दछ। उनको पवित्र जयन्तीमा डा. सरमाले गणितका विद्यार्थी, शिक्षक सहित सबै मानिसहरूलाई शुभकामना दिए।
उनले कामना गरे, यो दिवस विद्यार्थीहरूमा गणितप्रति रूचि बढ़ाउन अनि उनीहरूको ज्ञानको विस्तारमा सहायक सिद्ध होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा