
गुवाहाटी, 22 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार महान स्वतन्त्रता सेनानी औ अमर शहीद कनकलता बरुवाको जयन्तीमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, वर्ष 1942-को भारत छोड़ आन्दोलनमा शहीद भएका कनकलता बरूवाको अद्वितीय साहस, पराक्रम औ सर्वोच्च बलिदानले आज पनि युवाीहरूलाई देशसेवाको लागि प्रेरित गर्दै आएको छ र सदैव गरिरहनेछ।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, अत्यन्त कम आयुमा स्वदेश प्रेम तथा देशको स्वतन्त्रताको लागि आफ्नो प्राणको आहुति दिने यी वीरंगानाको त्याग असमको लागि मात्र नभएर सम्पूर्ण देशको लागि प्रेरणाश्रोत हो। उनले भने, शहीद कनकलता बरुवाको स्मृतिलाई चिरस्थायी बनाइराख्ने उद्देश्यले हालैमा गहपुरमा शहीद कनकलता बरूवा राज्य विश्वविद्यालयको भूमि पूजन गरिएको छ जुन यी साहसी असमिया छोरीप्रति एक साँचो तथा उपयुक्त श्रद्धाञ्जली हो।
डा. हिमन्त बिस्व सरमाले पवित्र जयन्तीको अवसरमा महान असमिया शहीदलाई सादर नमन गर्दै उनका आदर्श अनि राष्ट्रको लागि दिइएको अमूल्य योगदानलाई स्मरण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा