‘जागो मां’ गीतमाथि र बबल, गायिकासित दुरव्यवहार गरेको आरोपमा आयोजक पक्राउ
‘जागो मां’ गीतमाथि र बबल, गायिकासित दुरव्यवहार गरेको आरोपमा आयोजक पक्राउ


पूर्व मेदिनीपुर, 22 दिसम्बर (हि.स.)। पश्चिम बंगालको पूर्वी मेदिनीपुर जिल्लामा आयोजित एक सांस्कृतिक कार्यक्रम अवधि प्रख्यात बंगाली गायिका लग्नजिता चक्रवर्तीसित दुरव्यवहार तथा उत्पीड़न गरेको मामिला सामु आएको छ। ‘जागो मां’ गीत गाउँदा आपत्ति जनाउँदै रड़ाँको मचाएको आरोपमा कार्यक्रमका आयोजकहरूमा सामेल स्कूलका सह-मालिक महबुब मालिकलाई पुलिसले पक्राउ गरेको छ।

प्राप्त जानकारी अनुसार यो घटना गत शनिवार राती पूर्वी मेदिनीपुर जिल्लाको भगवानपुरस्थित एक निजी स्कूलमा आयोजित सांस्कृतिक कार्यक्रम अवधि भएको थियो। लग्नजिता चक्रवर्तीले त्यहाँ आफ्नो प्रस्तुति दिरहेकी थिइ्। शुरूआती लगभग 45 मिनटसम्म कार्यक्रम सामान्य रूपमा संचालन भयो। त्यसपछि उनले फिल्म ‘देवी चौधरानी’- को लोकप्रिय गीत ‘जागो माँ’ गाउन शुरू गर्नसाथ आयोजकहरूमध्ये एक महबुब मलिकले यसमाथि आपत्ति व्यक्त गरे। आरोप छ, मलिकले मञ्चमै भने, “धर्मनिरपेक्ष गीत”-हरू मा गाइयोस्। यस अवधि उनले आक्रामक व्यवहार पनि गर्न थाले। स्थिति बिग्रिएपछि कार्यक्रमलाई रोकियो जसले गर्दा कलाकारहरूलाई मञ्च छोड़्नु पऱ्यो। यस घटनाबाट गायिका र उनको टीमलाई ठूलो आघात पुग्यो।

लग्नजिता चक्रवर्तीले गए शनिवार राती नै भगवानपुर थानामा लिखित सिकायत दर्ता गराइन्। सिकायतको आधारमा पुलिसले मुख्य आरोपी महबुब मलिकलाई आइतवार पक्राउ गऱ्यो।

पूर्व मेदिनीपुरका पुलिस अधीक्षक मिथुन देले पक्राउको पुष्टि गर्दै बताए, मामिलालाई गम्भीर रूपमा लिइएको छ र कानून अनुसार कारबाही गरिँदैछ। उनले बताए, आरोपीसित जाँचबुझ जारी छ। अर्कोतिर घटनापछि पुलिस प्रशासनमाथि पनि गम्भीर प्रश्न उठेको छ। आरोप छ, शुरुआतमा गायिका र उनको टीमलाई प्राथमिकी दर्र्ता गर्ने सन्दर्भमा हतोत्साहित गरिएको थियो। यस मामिलालाई लिएर भगवानपुर थानाका प्रभारी अधिकारीविरूद्ध विभागीय जाँच शुरू गरिएको छ। एसपी मिथुन देले भने, यदि जाँचमा कुनै प्रकारको लापरवाही गरेको पाइए सम्बन्धित अधिकारीहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।

उक्त घटना पश्चात राज्यभरि नै सांस्कृतिक स्वतन्त्रता एवं कलाकारहरूको सुरक्षालाई लिएर चर्चा चुलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande