
खड़गपुर, 22 दिसम्बर (हि.स.)। यात्रीहरूको लगातार सिकायतलाई गम्भीर रूपमा लिँदै रेलवेले ठूलो फसेला लिएको छ। खड़गपुर रेल मण्डल अन्तर्गतका विभिन्न रेलवे स्टेशनहरूमा बजिरहेको विज्ञापन जिंगललाई आइतवार राती जारी आधिकारिक सूचना पश्चात तत्काल बन्द गरिएको छ। रेलवेको यस कदमले यात्रीहरूलाई ठूलो राहत दिएको छ।
प्राप्त जानकारी अनुसार खड़गपुर मण्डलका केही स्टेशनहरूमा विगत लामो समयदेखिको लगातार विज्ञापन जिंगल प्रसारित हुँदै आइरहेको थियो। यसबाट यात्रीहरूलाई मानसिक असुविधा मात्र नभएर आवश्क रेलवे घोषणाहरू पनि स्पष्ट रूपमा सुनिरहेको थिएन। यात्रीहरूको भनाइ थियो, लगातार हो-हल्ला भइरहँदा ट्रेनहरूको आगमन र प्रस्थान बारे सही जानकारी समयमा प्राप्त हुन सकिरहेको थिएन। यसले गर्दा कैयौं पटक यात्रीहरूको ट्रेन समेत छोड़िन्थ्यो।
पछिल्लो केही समयदेखिको यस सम्बन्धमा रेलवेलाई विभिन्न माध्यमहरूबाट ठूलो संख्यामा सिकायत प्राप्त भएको थियो। सिकायतहरूलाई गम्भीर रूपमा लिँदै रेलवे अधिकारीहरूले सम्पूर्ण मामिलाको समीक्षा गरे। यसै क्रममा सम्बन्धित विज्ञापन प्रसारणसित सम्बन्धित टेण्डरको पनि जाँच गरियो। समीक्षा पश्चात रेलवेले यात्रीहरूको सुविधालाई सर्वोच्च प्राथमिकता दिँदै उक्त विज्ञापन टेण्डरलाई रद्द गर्ने निर्णय लियो।
रेलवेद्वारा गए आइतवार राती आधिकारिक रूपमा सूचना जारी गरिएपछि खड़गपुर मण्डलका स्टेशनहरूमा ट्रेनको आगमन, प्रस्थान एवं सुरक्षासित सम्बन्धित आवश्यक घोषणाहरू मात्र प्रसारण गरिँदैछ। यसबाट स्टेशनमा अनावश्क कोलाहल कम भएको छ र यात्रीहरूलाई अपेक्षाकृत शान्त वातावरण प्राप्त भइरहेको छ।
रेलवेको उक्त फसेलालाई यात्री एवं स्थानीय मानिसहरूले स्वाग्त गरेका छन्। उनीहरूको भनाइ छ, यो निर्णय जनहितमा लिइएको हो र यसबाट यात्रीहरूको सुविधासँगसँगै मानसिक शान्ति पनि सुनिश्चित हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा