बंगलादेशमा दिपु चन्द्र दासको नृशंस हत्याको विरोधमा बजरंग दलको विरोध मार्च
बंगलादेशमा दिपु चन्द्र दासको नृशंस हत्याको विरोधमा बजरंग दलको विरोध मार्च


मेदिनीपुर, 23 दिसम्बर (हि.स.)। बंगलादेशमा भएको हिन्दू युवक दिपु चन्द्र दासको नृशंस हत्याको विरोधमा गए सोमवार साँझ लगभग 8 बजे दाँतनमा बजरंग दलद्वारा विरोध पदयात्रा निकालियो। यो पदयात्रा दाँतन पेट्रोल पम्प क्षेत्रदेखि शुरू भएर सम्पूर्ण दाँतन बजारको परिक्रमण गरेपछि सम्पन्न भयो।

पदयात्रामा बजरंग दलका कार्यकर्ताहरूसँगसँगै स्थानीय मानिसहरू पनि ठूलो संख्यामा सामेल भए। यस अतिरिक्त विभिन्न हिन्दूवादी संगठनहरूका प्रतिनिधिहरूले पनि यस विरोध प्रदर्शनमा सहभागिता दर्ता गराए। पदयात्रा अवधि प्रदर्शनकारीहरूले हात-हातमा प्लेकार्ड बोकेर बंगलादेशमा अल्पसंख्यकहरूमाथि भइरहेको अत्याचारको विरोधमा गगनभेदी नाराबाजी गरे अनि दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरे।

पदयात्राको समापनमा बजरंग दलका कार्यकर्ताहरूले बंगलादेशका प्रधानमन्त्री मोहम्मद यूनुसको प्रतीकात्मक पुतला दहन गरी आफ्नो आक्रोश व्यक्त गरे। यस अवधि सम्पूर्ण क्षेत्रको माहोल भावुक तथा आक्रोशित देखियो। घटनालाई लिएर आम मानिसहरूमा पनि गहिरो रोष देखियो।

स्मरण गराइन्छ, केही दिनपूर्व बंगलादेशमा दिपु चन्द्र दासको निर्मम हत्या गरिएको थियो। आरोप छ, हत्यापछि उसको शवलाई झुण्डाएर सार्वजनिक रूपमा आगो लगाइदिएको थियो। यस हृदयविदारक घटनाको भीडियो सोशल मीडियामा भाइरल भएपछि सम्पूर्ण देशमा आक्रोश फैलियो अनि देश-विदेशमा यसको चर्को निन्दा गरियो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande