
कोलकाता, 23 दिसम्बर (हि.स.)। हंसखाली नाबालिक सामूहिक दुष्कर्मलाई लिएर भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता अमित मालवीयले गए सोमवार अबेर राती सोशल मीडिया प्लेटफर्म एक्स (पूर्वमा ट्वीटर)-मा एउटा चर्को बयान साझा गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीमाथि गम्भीर आरोप लगाएका छन्। उनले भने, यो मामिलालाई पश्चिम बंगालमा बलात्कार अनि हत्याका पीड़िताहरूप्रति मुख्यमन्त्रीको असंवेदनशीलताको सबैभन्दा खराब उदाहरणहरूमध्ये एकको रूपमा दर्ता गरिनुपर्छ।
अमित मालवीयले 2022 सालको हंसखाली नाबालिक सामूहिक दुष्कर्म मामिलाको उल्लेख गर्दै भने, त्यसताक मुख्यमन्त्री ममता ब्यनर्जीले यस जघन्य अपराधलाई “प्रेम प्रसंग”-को संज्ञा दिएकी थिइन्। उनले यो प्रश्न समेत उठाएकी थिइन्स पीड़िता पहिलाबाटै गर्भवती थिई कि थिइन। उनले आरोप लगाए, मुख्यमन्त्रीको यस्तो बयानले पीड़ितालाई नै कठघरामा उभ्याएको थियो।
भाजपा नेताले भने, अब अदालतले यस मामिलामा तृणमूल कंग्रेसका एकजना नेताको छोरा सहित नौजना आरोपीहरूलाई दोषी ठहराएको छ जसबाट त्यस सत्य घटनाको खुलासा भएको छ जसलाई शुरूमा नकारिएको थियो। उनले दाबी गरे, मुख्यमन्त्रीद्वारा नाबालिक पीड़िताको चरित्र हनन गरिएपछि नैै कलकत्ता उच्च अदालतले मामिलालाई राज्य पुलिसको उत्तरदायित्वदेखि हटाएर केन्द्रिय जाँच ब्यूरो (सीबीआई)-लाई सुम्पिने फसेला लिएको थियो।
अमित मालवीयले यो पनि भने, यो कुनै एकल घटना होइन। यसअघि पनि मुख्यमन्त्री ममता ब्यनर्जीले पार्क स्ट्रीट रेपकाण्डकी पीड़िताको चरित्रमाथि प्रश्न उठाउने टिप्पणी गरेकी थिइन्।
आफ्नो पोस्टमा मालवीयले भने, यस किसिमको बयानले पीड़िताको साथमा उभिनको सट्टा उसलाई कमजोर बनाउने र सन्देघको घेरोमा पार्ने एक चिन्ताजनक प्रवृत्तिलाई दर्शाउँछ। उनले दाबी गरे, यस मामिलामा न्याय अवश्य पाए पनि त्यो संस्थागत हस्तक्षेप र न्यायिक कारबाहीपछि नै सम्भव हुन सकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा