ट्र्याक्टरमै विधानसभामा पुगे सपा विधायक अतुल प्रधान
ट्र्याक्टरमै विधानसभामा पुगे सपा विधायक अतुल प्रधान


लखनऊ, 23 दिसम्बर (हि. स.)। उखुको मूल्य वृद्धि सहित अन्य मागहरूलाई लिएर समाजवादी पार्टी (सपा)- का विधायक अतुल प्रधान आज ट्र्याक्टर चलाएरै विधानसबामा पुगे। उनको साथमा संग्राम यादव समेत अन्य विधायकगण पनि सामेल थिए। उनको हातमा उखु र चौधरी चरण सिंहको कटआउट पनि थियो। चौधरी चरण सिंह जिन्दाबादको नारा लगाइरहेका थिए। सपा विधायकहरूले सरकार विरोधी नाराबाजी पनि गरे विधायक अतुल प्रधानले भने, यो सरकार किसान विरोधी हो। किसान हितैसी भएको देखावटी गरिरहेको छ। मेरो माग छ, उखुको मूल्य वृद्धि गरियोस्। किसानहरू चिन्तित छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande