आपदा प्रबन्धन विभागका परियोजना अधिकारी 50 हजार रुपियाँ घूस लिँंदै गर्दा समातिए
आपदा प्रबन्धन विभागका परियोजना अधिकारी 50 हजार रुपियाँ घूस लिँंदै गर्दा समातिए


तेजपुर (असम), 25 दिसम्बर (हि.स.)। तेजपुरमा बितेको राती भ्रष्टाचार निरोधक शाखाले ठूलो कारबाही गर्दै आपदा प्रबन्धन विभागका एकजना वरिष्ठ अधिकारीलाई घूस लिँदै गर्दा ठाउँंबाटै पक्राउ गऱ्यो।

सूत्र अनुसार शोनितपुर जिल्ला आपदा प्रबन्धन विभागका परियोजना अधिकारी पार्थ प्रतिम शर्मालाई एकजना कर्मचारीलाई स्थानान्तरण गरेको सट्टामा 50 हजार रुपियाँ घूस लिँदै गर्दा पक्राउ गरियो। सिकायत प्राप्त भएपछि भ्रष्टाचार निरोधक टीमले पूर्ण नियोजित ढंगमा यो कारबाही गऱ्यो।

भनिन्छ, आरोपी अधिकारीले अनुकूल स्थानान्तरणको सट्टामा रकम मागेका थिए। पक्राउपछि आरोपीसित जाँचबुझ गरिँदैछ। साथै सम्पूर्ण मामिलाको जाँच शुरू भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande