लागूऔषध तस्कर पक्राउ
लागूऔषध तस्कर पक्राउ


सिरसा, 25 दिसम्बर (हि.स.)। स्थानीय पुलिसले अपरेशन हटस्पट डोमिनेशन अभियान अन्तर्गत सिरसा जिल्लाको दिङ मण्डी क्षेत्रबाट 14.5 किलोग्राम अफिमको भुसा सहित एक तस्करलाई पक्राउ गरेको छ। लागूऔषध विरोधी सेलका प्रमुख राजेन्द्र सिंहले पुलिस टोलीले दिङ मण्डी रेलवे स्टेशन क्षेत्रमा गस्ती गरिरहेको बताए। सोही अवधि एक युवक प्लास्टिकको झोला बोकेर रेलवे स्टेशनतर्फबाट आइऱहेको देखा पऱ्यो।

अगाड़ी पुलिसलाई देखेर उसले भाग्ने प्रयास गऱ्यो। शंका लागेर पुलिसले उलाई पक्राउ गऱ्यो र उसको झोलाको खानतलासी गर्दा अफिमको भुसा जफत भयो। पुलिस अनुसार, पक्रा परेका तस्करको पहिचान सिरसा जिल्लाको थेड़ी मोहर सिंहको सचिनको रूपमा गरिएको छ। तस्कर विरुद्ध मुद्दा दर्ता गरिएको छ र यस सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको छ। यसका साथै, सिरसा शहरको गोविन्द नगर क्षेत्रमा रहेको घरमा पसेर लाखौं रुपियाँ मूल्यको 25 तोला सुनचाँदीका गहना चोरेको आरोपमा पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पुलिस अनुसार, आरोपीले चोरीका गहना मुथुट फाइनेन्स कम्पनीलाई बेचेको थियो। अभियुक्तको जानकारीको आधारमा चोरी भएका गहनाहरू फाइनेन्स कम्पनीबाट जफत गरिएको छ। सिभिल लाइन्स थाना प्रभारी प्रदीप कुमारले भने, अभियुक्त लागूपदार्थ दुर्व्यसनी हो र आफ्नो लागूपदार्थको लत मेटाउन चोरी गर्दछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande