
पश्चिम मेदिनीपुर, 25 दिसम्बर (हि. स.)। जिल्लाको केशियाड़ी थाना अन्तर्गत पञ्चाननपुर गाउँमा बिहीवार बिहान घरभित्रै एकजना युवकको शव भेटिएको घटनाले व्यापक खैलाबैला मचाएको छ।
अबेरसम्म पनि ढोका नखोलेपछि छिमेकीहरूले बिहान 10 बजे ढोका भत्काएर भित्र पसे जहाँ युवकको शव गलफन्दामा झुण्डिरहेको थियो।
पुलिस अनुसार मृतकको पहिचान अर्णब सिंह (32)- को रूपमा भएको छ जो पञ्चाननपुर गाउँका निवासी थिए।
परिवार एवं पुलिस सूत्रबाट थाहा लागे अनुसार अर्णवको विवाद लगभग 12 वर्ष अगाड़ि भएको थियो, तर लगभग एक वर्ष अगाड़ि तिनको पत्नीसित सम्बन्ध विच्छेद भएको थियो। यी दम्पत्तिको एकजना छोरा र एकजना छोरी रहेका छन्।
परिवारले बतायो, गए बुधवार राती अर्णबले आफ्नी आमालाई खाना पस्किनु भनेर आफ्नो कोठाभित्र गएका थिए। त्यसपछि बिहीवार बिहान अबेरसम्म पनि उनको ढोका खोलिएन। शंका लागेर छिमेकीहरूलाई बोलाइयो अनि ढोका भत्काइयो। अर्णबलाई हतार-हतार केशियारी ग्रामीण अस्पतालमा पुऱ्याइयो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। त्यसपछि केशियाड़ी थानाको पुलिसले अस्पतालमा पुगेर शवलाई कब्जामा लियो। आवश्यक कानूनी प्रक्रियापछि पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदियो। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा