जीटीए प्रमुख अनित थापाद्वारा तीनधारेको शान्ता भवनमा क्रिसमस पालन
Anit thapa-Christmas


तीनधारे, 25 दिसम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले तीनधारेको बीस माइलस्थित शान्ता भवनमा आज वृद्ध वृद्धाहरुसित बसेर इसाईहरुको मुख्य चाढ क्रिसमस पालन गरेका छन्। जीटीए प्रमुखले प्रत्येक वर्ष शान्ता भवनमा पुगेर वृद्ध वृद्धाहरुसित बसेर क्रिसमस पालन गर्ने गरेका छन्।

यसै क्रममा यसपाली पनि उनले शान्ता भवनमा पुगेर क्रिसमस पालन गर्दै क्रिसमसको उपहार पनि प्रदान गरे। क्रिसमसको केक पनि जीटीए प्रमुख अनित थापाको उपस्थितिमा वृद्ध वृद्धाहरु र सिस्टरहरूको बाहुलीबाट काटेर सबैलाई वितरण गरियो।

उनीसित तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, सभासद प्रणाम रसाइली लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। यस अवसरमा क्रिसमसका गीतहरु पनि गाइएको थियो भने विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु पनि आयोजना गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande