अभिषेक ब्यनर्जीले पार्टी नेताहरूसित भर्चुअल बैठक गर्ने, विधानसभा चुनाउको तयारीमाथि हुनेछ मन्थन्
अभिषेक ब्यनर्जीले पार्टी नेताहरूसित भर्चुअल बैठक गर्ने, विधानसभा चुनाउको तयारीमाथि हुनेछ मन्थन्


कोलकाता, 25 दिसम्बर (हि. स.)। तृणमूल कंग्रेसका महासचिव औ लोकसभा सांसद अभिषेक ब्यनर्जीले आगामी तीन दिनभित्रमा पार्टी नेता एवं कार्कर्ताहरूसित दुई वटा महत्वपूर्ण भर्चुअल बैठक गरिरहेका छन्। यी बैठकहरूमा मतदाता सूचीसित सम्बन्धित मुद्दा सहित आगामी विधानसभा चुनाउको रणनीतिमाथि पनि विस्तार पूर्वक चर्चा हुनेछ। पहिलो बैठक 26 दिसम्बरमा अनि दोस्रो बैठक आगामी 28 दिसम्बरमा हुनेछ।

पहिलो 26 दिसम्बरको बैठक पश्चिम बंगालमा मतदाता सूचीको प्रारूपमाथि दाबी एवं आपत्तिहरूक सुनवाई शउरू हुन ठीक एक दिनअघि डाकिएको छ। पार्टी सूत्र अनुसार यस बैठकमा विभिन्न स्तरहरूमा लगभग 5 हजार नेता अनि बूथ स्तरका एजेन्टहरू सामेल हुनेछन्। बैठकमा अभिषेकले यो स्पष्ट पार्नेछन्, सुनवाई प्रक्रिया अवधि बूथ स्तरका एजेन्टहरूको भूमिका के हुनेछ र उनले के-कस्तो जिम्मेवारीहरू निर्वाह गर्नुपर्नेछ।

यसको साथै जिल्ला स्तरका नेताहरूलाई पनि दिशानिर्देश दिइनेछ। यिनीहरूलाई सुनवाई अवधि बूथ स्तरका एजेन्टहरूको कामकाजको निगरानी गर्ने जिम्मेवारी सुम्पिइनेछ ताकि कुनै पनि स्तरमा त्रुटि नहोस्।

दोस्रो भर्चुअल बैठक आगामी 28 दिसम्बरमा प्रस्तावित छ। यस बैठकमा अभिषेक ब्यनर्जीले आगामी वर्ष 2026- को मध्यसम्ममा सम्पन्न हुने विधानसभा चुनाउलाई लिएर व्यापक प्रचार अभियानको रूपरेखा पेश गर्नेछन्।

पार्टी सूत्रको भनाइ छ, बैठकमा आगामी वर्षको शुरूआतसितै जनतामाझ कसरी अभियान संचालन गर्नु पर्ने हो त्यो निश्चित गरिनेछ। बैठकमा राज्य सरकारका विभिन्न विकास योजनाहरू अनि कल्याणकारी कार्यक्रमहरूको उपलब्धिहरूलाई आम मानिसहरूसम्म पुऱ्याउनेमाथि बल दिइनेछ। यो पनि बताइनेछ, यी योजनाहरूबाट जनता कसरी लाभान्वित हुनेछन्। यस अतिरिक्त पार्टीभित्र भइरहेको आपसी मतभेद अनि गुटबाजीलाई लिएर पनि कड़ा सन्देश दिइने सम्भावना छ। पार्टी नेतृत्वको मान्यता छ, यस प्रकारको गतिविधिहरूबाट संगठनको छवि धमिलिरहेको छ।

दुवै बैठक पूर्ण रूपले भर्चुअली हुनेछ। पार्टीका सबै निर्वाचित सांसद, विधायक, नगरनिगम एवं नगरपालिकाका प्रमुखहरू एवं जिल्ला परिषदका अध्यक्षहरूलाई यस बैठकमा सामेल हुने निर्देश दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande