
नयाँ दिल्ली, 25 दिसम्बर (हि.स.)। रिंग रोडस्थित सद्भावना उद्यान अब ‘अटल बिहारी वाजपेयी सद्भावना उद्यान’- को नामले चिनिनेछ। पूर्व प्रधानमन्त्री अटल बिहारी वाजयेपीको 101औं जयन्तीमा दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले यसको नामाकरण गरे। यस अवसरमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता पनि उपस्थित थिइन्।
उक्त आशयको जानकारी मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया अकाउन्ट एक्समा बिहीवार साझा गरिन्। मुख्यमन्त्रीले भनिन्, अटलजीको विचार, उनको शालीनता एवं राष्ट्रसेवाको भावनाप्रति समर्पित यो पार्क युवाहरूको लागि सोच्ने, सिक्ने तथा अटलजीलाई बुझ्ने माध्यम बन्नेछ।
उल्लेखनीय छ, भाजपा सांसद प्रवीण खण्डेलवालले गत 22 दिसम्बरमा दिल्लीका उपराज्यपाललाई पत्र लेखेर रिंग रोडस्थित सद्भावना पार्कको नाम परिवर्तन गरी ‘अटल सद्भावना पार्क’ राख्ने प्रस्ताव दिएका थिए। उनले पार्कमा अटल बिहारी वाजपेयीको प्रतिमा स्थापना गर्ने सुझाउ पनि दिएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा